नेपाली नारी समाज पोर्चुगलले आयोजना गरेको देउसी भैलो कार्यक्रमको स्थान परीवर्तन सम्बन्धी जानकारी !

नेपाली नारी समाज, पोर्चुगलले आज दिउसो ३ बजे मार्तिमुनिज पार्कमा गर्ने देउसी भैलो कार्यक्रम प्रतिकुल मौसमका कारण स्थान परिवर्तन गरेको छ । उक्त कार्यक्रम सोही समयमा रेस्टुरेन्ट मनकामनामा गर्ने भएको छ ।

नेपाली कला सस्कृती लाई जगेर्ना गर्दै बिदेशी भुमिमा प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली नारी समाज, पोर्चुगलले स्थापना काल बाट सुरु गरेको देउसी भैलो कार्यक्रम लाई निरन्तरता दिदै आएको छ ।त्यसैले आज पनि सोहि कार्यलाई निरन्तरता दिदै रेस्टुरेन्ट मनकामनामा देउसी भैलो गर्ने भएको छ|

नारी समाज पोर्तुगलका देउसी भैलो आयोजक समितिले उक्त कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनाउनका लागि पोर्तुगल स्थित सम्पूर्ण नेपाली समुदायलाइ अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार