क्यान्सरलाई जितेकी अभिनेत्री मनिषा कोइरालाले आत्मवृत्तान्त बजारमा ल्याउने भएकी छन् । उनले सामाजिक सञ्जाल ट्विटरबाट आफ्नो आत्मवृत्तान्त बजारमा ल्याउने बताएकी हुन् । उनले आफ्नो आत्मवृत्तान्तलाई ‘हिल्डः हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ’ नाम दिएकी छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ‘हिल्डः हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ’ को पहिलो आवरण समेत सार्वजनिक गरीसकेकी छन् । उनका अनुसार ‘हिल्डः हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ’ लाई पेन्गुइन प्रकाशनले यही डिसेम्बरमा बजारमा ल्याउने छ ।
अभिनेत्री कोइरालालाई सन् २०१२ मा क्यान्सर देखिएको थियो। किताबको आवरण सार्वजनिक गर्दै मनिषले ट्वीट गरेकी छन, ‘क्यान्सरबाट निको हुन, जीवनको फेरि जिउन पाउनु र आफूलाई फेरि पाउनु पनि एक पाठ हो’
उनले क्यान्सरपछि आफूमा आएको निराशा, अनिश्चितता र डरको सामाना कसरी गरे भन्ने कुरालाई किताबमा प्रस्तुत गरेको बताएकी छन् । लेखक निलमकुमासँगको सहकार्यमा तयार पारिएको यो पुस्तकमा आफूलाई क्यन्सर भएपछिको संघर्षलाई प्रस्तुत गरेकी छन् ।
















