इपर पुगेर बेल्जियमका नेपालीहरुले प्रथम विश्वयुद्धमा वीरगति प्राप्त गरेका पुर्खाहरुलाई सम्झिदै गरे श्रद्धाञ्जली अर्पण

युरोपको राजधानी बेल्जियमको दक्षिण पश्चिममा अवस्थित सानो र शुन्दर शहर इपर बेल्जियमका नेपाली समुदायका लागि नयाँ र नौलो नाम भने रहेन अब । यस शहरसंग हाम्रो पुर्खाहरुको रगतको साइनो गासिएको छ ।

जहाँ एक शताब्दी भन्दा अघि देखि नै हाम्रो पुर्खाहरुका रगतले पोतिएका बिरगाथाका कथा र इतिहास रहेको छ । त्यस ठाउँमा तात्कालिन इस्टइण्डिया कम्पनीको नाममा बेलायती सेना ( कमनवेल्थ) को पक्षमा प्रथम विश्वयुद्ध ( सन १९१४-१९१८) मा लडाई लडे हाम्रा पूर्खाहरुले। सोही क्रममा जानकारीमा आए अनुसार ८० हजार देखि १ लाखको संख्यामा दुवै पक्षका सिपाहीहरुले बिरगती प्राप्त गरेका थिए। ती मध्य ५६ जना हाम्रा पूर्खाहरुको नामावली त्यहा स्थित शिलान्यासमा देख्न सकिन्छ । अझै अज्ञात कति होलान् कति जो खोजी र अध्यायनको बिषय बन्न गएको छ ।

बेल्जियम सरकारले हरेक नोभेम्बर ११ लाई हतियार बिसाएको दिनको रुपमा पर्व नै मनाउने गर्दछ । साथै उक्त दिन प्रथम विश्वयुद्ध समापन भएको उपलक्ष्यमा सरकारी बिदा सहित सहदात प्राप्त ति वीर योद्धाहरुको नाममा बेल्जियमको इपर शहरमा भब्य सभा गरि श्रद्धाञ्जली दिने गरिन्छ । जहाँ बेल्जियमका राजारानी तथा राजपरिवार, विशिष्ट व्यक्तित्वहरु र अन्य विभिन्न राष्ट्रहरुबाट सरकार प्रमुखहरु समेत सहभागी हुने गर्दछन।

त्यस्तै तमु समाज, बेल्जियमद्वारा आयोजना गरिएको यस श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि दूतावासका प्रतिनिधि एवं उपनियोग प्रमुख सुदिप भट्टराई, विशेष अतिथि नेपालबाट पाल्नु भएका आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बहादुर बराम मगर र बेल्जियमस्थित सम्पूर्ण संघ सस्थाको प्रतिनिधित्वमा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहालले श्रद्धाञ्जली मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

समाजका अध्यक्ष जीवन गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन समाजका महासचिव सुर्य बहादुर गुरुङले गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रममा बेल्जियम स्थित विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, बेल्जियमका विभिन्न स्थानबाट पाल्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत नेपालबाट पाल्नु हुने गुरुङ फिल्मका निर्देशक तथा नायक भोजबहादुर गुरुङ र दोहोरी गायिका लाली बुढाथोकी पनि विशेष उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार