लिस्बोन ।
नेपाली प्रगतिशील मोर्चा पोर्तुगलको प्रथम अधिवेशनको तयारी पूरा भएको जनाइएको छ । डिसेम्बर २ तारिख आइतबार आयोजना हुन लागिरहेको अधिवेशनलाई सम्बोधन गर्न युरोप मोर्चाका अध्यक्ष बिष्णु भुजेल आउने निश्चित भएको छ । केन्द्रबाट माहाँसचिंब बीप्लब रबिदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोलाले शुभकामना मन्तव्य पठाउने जानकारी दिइएको छ । अधिवेशनमा बेल्जियम, जर्मनी लगायतका देशहरुबाट अतिथिहरु आउने बताइएको छ ।
अधिवेशनलाई आबश्यक पर्ने आर्थिक, भौतिक लगायत सम्पुर्ण तयारी पूरा भयो, मोर्चाका पोर्तुगल संयोजक ईन्द्र न्यौपानेले भने । “हामीले पोर्तुगलस्थित सम्पुर्ण संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, ब्यबसायी, समाजसेवी, पत्रकार लगायत सम्पुर्णलाई अधिवेशनको उद्घाटन सत्रमा उपस्थितिका लागि निमन्त्रणा गरिसकेका छौं, कारणबस कसैले प्राप्त गर्न सक्नु भएको रहेनछ भने यही मिडिया मार्फत पनि म पुनः निमन्त्रणा गर्दछु” न्यौपानेले आह्वान गरे ।
अधिवेशन लिस्बोनको आन्जुसस्थित एभरेष्ट क्याफे एन्ड रेस्टुरेन्टमा दिनको ३:०० बजेदेखि शुरु हुने तय भएको छ ।
यो मोर्चा नेपालमा बिप्लव नेकपासंग वैचारिक सामिप्यता राख्दछ, उक्त पार्टीले हालै काठमाडौमा विशाल आमसभा सहित शक्ति प्रदर्शन गरेको थियो । जसलाई पार्टी प्रबक्ता प्रकाण्डले सम्बोधन गरेका थिए ।
















