नायिकाबाट निर्देशक बनेकी झरना थापाले निर्देशन गर्न लागेको दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’को अहिले धमाधम छायाँङ्कन हुँदैछ। गत भाद्रमा चलचित्रको शुभमुहूर्त पोखरामा गरिएपनि नियमित छायाँङ्कन असोजदेखि सुरु गरिएको हो।

यस चलचित्रबाट नायिका तथा निर्देशक थापाले आफ्नी छोरी सुहानालाई चलचित्र क्षेत्रमा डेब्यु गराउँदैछिन्। ए मेरो हजुर ३ मा अनमोल र सुहानासँगै अर्पण थापा, सलोना बस्नेत, रवीन्द्र झालगायतको अभिनय रहेको छ। यो चलचित्रको रिलिज मिति आगामी चैत्र २७ लाई तोकिएको छ। चलचित्रमा सञ्जय लामाको छायाँङ्कन, रोशन श्रेष्ठका द्वन्द्व निर्देशन रहेको छ।

यसक्रममा यो चलचित्रमा रहेको एउटा गीतको छांयाकन मनाङमा गरिएको छ। जसको तस्विर सार्वजनिक भएको छ। जुन गीतको छायांकन मनाङस्थित ४०७५ मिटर उचाइमा रहेको आइस लेकमा गरिएको हो। नायक अनमोल केसी र नायिका सुहाना थापा फिचर्ड गीतमा राहुल शाहको कोरियोग्राफर छ भने प्रतिक अधिकारी र आशिष अविरलको संगीत रहेको छ। तस्विरमा यी दुई जोडी निकै रोमान्टिक मुडमा देखिएका छन्।
केहि तस्बिरहरु

















