कास्की समाज पोर्तुगलकोअधिबेशन जनवरी १ मा हुने

कास्की समाज पोर्तुगलको अधिबेशन जनवरी १ मा लिस्बोनमा हुने भएको छ। सो निर्णय समाजको आइतवार बसेको एक भेलाले गरेको हो।

कास्की घर भइ हाल पोर्तुगलमा बसोबास गरि विभिन्न क्षेत्रमा कार्यरत कस्केलीहरुको हकहित र भाईचारा सम्बन्धको बिकास गर्ने उदेश्यकासाथ २०१५ जनवरी १ का दिन नवीन गिरीको अध्यक्षतामा बनेको तदर्थ समितिले पोर्तुगलका कस्केली समुदाय पहिलो अधिवेशन २०१६ जनवरी १ मा आयोजना गरेको थियो ।

कास्की समाज पोर्तुगलमा गठन रहेका सामाजिक संस्थाहरुमा एउटा सकृय सामाजिक क्रियाकलाप गर्ने सस्थाको रूपमा आफ्नो क्षेत्र र समुदायमा स्थापित छ । तिजमा चेलीबेटी खुवाउने, दसै, तिहार, छठ मह पुजा, ल्होसार जस्ता चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम संचालन लगायत विभिन्न सामाजिक संघसंस्थाहरुसंग हातेमालो गर्दै सामाजिक क्रियाकलाप आबद्ध रहेको कुरा भेलामा सहभागीलाई जानकारी गराईएको छ ।

आइतवार बसेको भेलाको अध्यक्षता गर्दै कास्की आदर्श सेवा समाज पोर्तुगलका अध्यक्ष यज्ञराज तिमिल्सिना ले अधिवेशनमा सबैको सकृय उपस्थितको आह्वान गरेका छन् । त्यस्तै भेलामा पोर्तुगलमा छरिएर बसेका कस्केली समुदायलाई उक्त अधिबेशन सहभागी भइ कास्कीको बृहत बिकास र हातमा हात मिलाउन कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका संरक्षक रमेशकुमार गुरुङ, महिला उपाध्यक्ष सीता बराल, महासचिव गोविन्द पौडेल, कोषाध्यक्ष रेमस आचार्य लगायतले अधिवेशन सफल बनाउन आफ्नो ठाँउबाट लागि पर्दै साधारण सदस्यता बितरणमा तीव्रता दिनु पर्नेमा जोड दिएका थिए ।

उक्त कार्यकोलागि समाजका अध्यक्ष यज्ञप्रसाद तिमिल्सिना, सीता बराल, रेमस आचार्य, नवीन तिमल्सिनालाई जिम्मेवारी दिएको छ । भेलामा उपस्तिथिहरुले लिस्बोनभन्दा बाहिर रहेका कस्केलीहरुलाई समेत बृहत रूपमा समटेर सम्पूर्ण कस्केलीको साझा संस्था बनाउनु पर्ने कुरामा विशेष ध्यानाकर्षण गराएका थिए । भेलाको संचालक कास्की आदर्श सेवा समाज पोर्तुगलका महासचिव नवीन बरालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार