लिस्बनमा २५ ई ( 25E ) रुटको बिधुतिय ट्राम पल्टिदा २८ जना घाइते भएका छन्। लिस्बनमा साउ दोमिन्गोस देखि लापातर्फ ओरालो झर्ने क्रममा सो ट्राम शुक्रवार पल्टिएको हो।

ट्राम पल्टिदा घाइते २८ जनामध्ये ६ महिनाका दुधे बच्चा र ७ बर्षे बालक समेत परेका छन्। घाइते दुवै बालक अमेरिकन नागरिक भएको बुझिएको छ।
प्रतक्ष्यदर्शीका अनुसार सो दुर्घटना अत्याधिक गतिका कारण भएको बुझिएको छ। शुक्रवार बेलुकी करीब १८:०४ बजे अत्याधिक गतिका कारण बिधुतिय ट्राम पल्टिदा निकै ठुलो आवाज आएको र यात्रुहरु चिच्याएको सुनिएको प्रतक्ष्यदर्शिहरुले बताएका छन्। ट्राम पल्टिदा अर्को कारमा ठोक्किएर , कार हावामा उड्दै भवनको कुनामा बजारिएको थियो।
घटनास्थलमा तुरुन्तै पुगेको पीएसपी प्रहरी र बारुण टिमलाई ट्राममुनि चेपिएका यात्रुहरुलाई बाहिर निकाल्न र उद्धार गर्न हम्मेहम्मे परेको थियो। लिस्बन पारवहन र प्रहरीले घटनाको छानविन गरिरहेको छ।





















