म्याग्दीलाई कार्य क्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री भारतमा “शाहित्यश्री” पदकद्वारा सम्मानित भएका छन् । भारतमा आयोजना गरेको मेरठ साहित्य महोत्सवको अबसर पारेर नेपाली साहित्यको लेखन र पत्रकारिता क्षेत्रमा बिशेष योगदान पुर्याएको भन्दै घायलश्रीलाई सम्मान गरेको हो ।

पर्वत घर भएपनी म्याग्दीमा रहेर बिगत केही समय देखि निरन्तर साहित्यका बिबिध बिधामा कलम चलाउँदै ,संस्थागत साहित्यको बिकासमा अतुलनीय योगदान पुर्याउँदै आएका छन् । उनका विभिन्न बिधामा गरेर चार कृतिहरु प्रकाशन भएका छन् भने बुलबुल साहित्यिक पत्रीकाका सम्पादक तथा म्याग्दी साहित्य संचार र अनेसास धौलागिरी कार्य समितिका अध्यक्ष समेत हुन् ।
यहीँ मंसिर २४ ,२५ ,र २६ सम्पन्न भएको कार्यक्रममा नेपाल ,भूटान,भारत, बङ्लादेश,रूस ,नर्वेका प्रतिनिधि साहित्यकारहरूको उपस्थित रहेको थियो ।
भाषा,साहित्य ,कला र संस्कृतिलाई संरक्षण गरि अन्तर्राष्ट्रिय स्तरमा स्रष्टाहरूको परिचय गराउँदै तिनीहरूको ब्यक्तित्व र कृतित्व माथि चर्चा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कवि तथा उद्योगपति वसन्त चौधरीको प्रमुख आतित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने मध्येबाट सनत रेग्मी ,केशवराज आमोदी, कलानीधि दहाल, पोष्टराज चापागाईं गोर्खे साइलो लगायतको विशिष्ट अतिथिको रूपमा मन्तब्य ब्यक्त गरेका थिए । विभिन्न बिधाका कृतिहरु समेत बिमोचन गरिएको उक्त कार्यक्रममा दर्जनौँ साहित्कारहरुले आआफ्नो सिर्जना बाचन गरेका थिए ।
















