डाक्टर लुना माथेमा भन्छिन- के तपाईको कानमा ढुसी आउँछ ? यसरी गर्नुहोस् हेरचाह (भिडियो)


पछिल्लो समय कानको समस्या लिएर अस्पताल धाउनेको सख्या बढ्दो छ । सामन्यतया, मानिसलाई कान सम्बम्धी हेरचाह कसरी गर्ने भन्ने बारे समेत थाहा नभएको अवस्था छ । मानिसहरुले कानको हेरचाह गर्न कानमा तेल हाल्ने, सिङ्काले घोच्ने गरेको गरेका कारण उनीहरुले दिनहु कानका समस्याहरु जन्माईरहेका हुन्छन् ।

पछिल्लो समय कान भित्र एकदम चिलाउने, दुख्ने ईत्यादि समस्या लिएर अस्पताल जानेको सङ्ख्या बढ्दो छ । कानको नलीमा ढुसी अथवा फङस् जस्ता भएपछि यस्तो समस्या देखिने गर्दछ ।

यो क्रमलाई अटो माईक्रओसिस् भनिन्छ ।विषेश गरेर यो बर्षाको मौसममा हुने गर्दछ । तर, यस्तो सँक्रमण अरु समयमा पनि हुन सक्ने चिकित्सकहरु बताउँछन् । कुनै कारणले रोग प्रति क्षमत्मक कम भएकाहरु यो सँक्रमणबाट पिडित भएमा जटील समस्या देखिनसक्ने अत्याधिक रहन्छ ।

के हो फँगस ? यसका लक्षण के -के हुन् ? के गर्ने, के नगर्ने ? कान कराउने समस्याबाट बच्ने केहि उपायहरु के-के हुन् ? ईत्यादि बारे थप जानकारीका लागि बिनिता के.सि.ले ईएनटी विशेषज्ञ, डाक्टर लुना माथेमा श्रेष्ठ संग गरेकाे भिडियाे हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार