न्युजिल्यान्ड १७८ रनमै अलआउट, पहिलो दिन श्रीलंकाले पनि गुमायो चार विकेट

काठमाडौं । दोस्रो तथा अन्तिम टेष्ट क्रिकेट खेलमा घरेलु टोली न्युजिल्यान्डले श्रीलंकाविरुद्ध आफ्नो पहिलो इनिङमा खराब प्रदर्शन गर्दै सबै विकेटको क्षतिमा १७८ रनमात्रै बनाउन सकेको छ ।

क्राइष्टचर्चमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले सबै विकेटको क्षतिमा १७८ रनको सामान्य स्कोर मात्रै बनाउन सक्यो । न्युजिल्यान्डका टिम साउथी र ब्राड्ली जोहन वाटलिङले बाहेक अन्य कुनै पनि खेलाडीले उच्च रन बनाउन सकेनन् । साउथीले ६८ रन बनाए । त्यस्तै, वाटलिङले ४६ रन बनाएका थिए ।

पाहुना टोली श्रीलंकाका लागि सुुरंगा लकमलले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । उनले १९ ओभर बलिङ गर्दै पाँच मेडन ओभर राखेर ५४ रन खर्चिदै पाँच विकेट लिन सफल भए । त्यस्तै, लाहिरु कुमराले तीन विकेट लिए ।

न्युजिल्यान्डलाई सस्तैमा समेट्दै आफ्नो पहिलो इनिङ्सको ब्याटिङ थालेको श्रीलंकाको पनि हालत उस्तै भएको छ । पहिलो दिनको समाप्तिसम्म श्रीलंकाले आफ्नो महत्वपूर्ण चार विकेट गुमाउँदा ८८ रन मात्रै बनाएको छ । श्रीलंकाका चारै जना खेलाडी सस्तैमा आउट भए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार