मनाङ मर्स्याङ्दी क्लबले रच्यो नयाँ इतिहास : दुई खेलअघि नै आठौ पटक लिग च्याम्पियन बन्न सफल

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब दुई खेलअघि नै शहीद स्मारक ए डिभिजन लिग फुटबलको विजेता बनेको छ ।

ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई खेलअघि नै विजेता बनेको हो । यसपछिका दुबै खेल आफ्नो पक्षमा नरहे पनि मनाङ विजेता बन्नेछ ।

मनाङले लिगको उपाधि मात्रै जितेन एउटा अनौठो इतिहास पनि रचेको छ । लगातार ११ औं खेलमा जित हात पार्दै मनाङले एक खेलमा पनि नहारी एक खेलमा पनि बराबरी नभई लिगको उपाधि जितेको हो ।

मनाङले आठौं पटक ए डिभिजन लिगको उपाधि उचाल्न सफल भएको हो । यसअघि मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा भएको लिगको उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार