सिड्नीमा मृत भेटिएकी स्मृति आलेमगरको शव नेपाल पठाइने भएको छ । गत शनिबार २२ डिसेम्बरका दिन आलेमगर स्थानीय व्यांक्सटाउनमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनलाई अस्पताल लैजाँदा डाक्टरहरुले मृत घोषणा गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आफ्नो ज्यान आफै लिएको बताइए पनि प्रहरीले यस विषयको अन्य जोडकोणको विश्लेषण गर्दै उक्त घटनाको कारण खोजीरहेको छ ।
न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले घटनाका विषयमा आफु प्रहरी र परिवारसँग सम्पर्कमा रहेको र परिवारको चाहना अनुसार शवलाई नेपाल लैजानका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गरेको जानकारी दिएका छन् । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुंगले घटना दुखद भएको भन्दै शोकाकूल परिवारजनसँग सम्पर्कमै रही उनको शव नेपाल लैजान सहयोग गर्न एनआरएन तयार रहेको जानकारी दिए ।
स्मृतिको आईतबार २३ तारिखमा नेपाल जाने टिकट रहेको र नेपालमा उनकी आमा छोरीलाई स्वागत गर्न विमानस्थलमा समेत आएको खुलेको छ । तर, उनी शनिबार नै बिदा भइसकेकी थिइन् । पुख्यौली घर रौतहटको चन्द्रनिगाहपुर भएपनि उनकी आमा गोंगबुमा बस्दै आएकी थिइन् । एकमात्र छोरी स्मृतिको निधनले परिवारमा शोक छाएको छ । स्मृतिको केही महिना अघि मात्रै विवाह भएको थियो ।
यसैबीच, मगर समाज अष्ट्रेलियाका सचिव सुदर्शन थापमगरले स्वर्गीय स्मृतिका श्रीमान नजिकका अन्य नातेदारको समन्वयमा उनको शव नेपाल लैजाने प्रयोजनका लागि आर्थिक सहयोग जुटाउने पहल सुरु गरिएको जनाएका छन् । यसका लागि अष्ट्रेलियामा बस्ने नेपाली समूदायसँग आग्रह गरिएको छ । निम्न खातामा सहयोग रकम जम्मा गर्न सकिनेछ ।
Bank details;-
Account Name:
Magar Samaj Incorporate
BSB no:-012-366 Account
Number:- 402034801
Reference : Smriti Ale Magar
यो पनि पढ्नुहोस्।
















