अस्ट्रेलियाबाट नेपाली टिभीको शुभारम्भ

अंग्रेजी नयाँ बर्ष २०१९ को आगमनसंगै नेपाली टिभी अस्ट्रेलियाको शुभारम्भ भएको छ।

औपचारिक रुपमा गत बर्ष देखि संचालनमा आएको नेपाली टिभि अष्ट्रेलिया पछिल्लो समयमा अष्ट्रेलियामा रहेका नेपाली समुदायका बिच लोकप्रिय बनेको छ । संचालनको छोटो अबधिमा नेपाली आम समुदायको माया र साथ पाउन सफल रहेको टिभिले आम समुदायको माग र अनुरोधलाई मध्यनजर गर्दै २४ सै घण्टा समचार तथा नेपाली समुदायको गतिबिधिलाई सम्प्रेषण गर्नका निमित्त नयाँ बर्ष २०१९ को पाबन अबसरमा २०१९ को पहिलो पल अर्थात् १ जनवरी २०१९ को पहिलो सेकेण्डमा नै नेपाली टिभि अष्ट्रेलियाको आधिकारिक बेभसाईट रिलिज गरेको छ।

डिजिटल मिडियाको पहुँच र प्रभाबकारितालाई आत्मसात गर्दै अष्ट्रेलियामा बसोबास गर्ने करिब डेढ लाख भन्दा बढी नेपाली समुदायको मनोभावना बमोजिम समुदायका गतिबिधिलाई प्रभाबकारी रुपमा सम्प्रेषण गरी नेपाली समुदाय बाहेक अन्य समुदायमा पनि नेपाल र नेपालीको सफलताको कथा प्रस्तुत गर्दै नेपालको पर्यटन प्रबर्धनमा समेत सहयोग गर्ने लक्ष्य सहित ” नेपाली टिभी अस्ट्रेलिया” अर्थात् नेपालीटिभि डटकम डटएयु (nepalitv.com.au) को शुभारम्भ गरिएको निर्देशक श्यामसुन्दर गिरीले जानकारी दिएका छन्।

नेपाली कला संस्कृतिको जगेर्ना तथा सम्बर्दनमा समेत चासो राख्दै नेपाल र नेपालीको शिरलाई उच्च राख्ने प्रतिबद्दता नेपाली टिभी अस्ट्रेलियाले गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार