पोर्तुगलबाट ” नेपाल युरोप अनलाईन टेलिभिजन ” को शुभारम्भ

पोर्तुगलबाट नेपाल युरोप अनलाईन टेलिभिजनको शुभारम्भ भएको छ। बिदेशमा रहेका नेपालीहरुको सवालहरुको उत्थान गर्दै प्रवासमा रहेका नेपालीहरुको संघर्ष र सफलतासंगै नेपालको हित र बिकासमा उनीहरुको योगदानका साथै नेपालको संस्कृती र पर्यटन प्रवर्धनको लागि प्रवासी नेपालीहरुले गरेका प्रयासहरुलाई यो टेलिभिजनले प्राथमिकतामा राख्ने टेलिभिजनका संचालक पत्रकार दिनेश पोखरेलले बताएका छन्।

यस टेलिभिजनले विश्वभर रहेका नेपालीहरुका बिषयहरुलाई उत्थान र प्राथमिकता दिने बुझिएको छ। यस टेलिभिजनको शुभारम्भ गर्दै पहिलो कार्यक्रमको रुपमा पोर्चुगलको Quinta Dos Loridos मा रहेको युरोपकै सबैभन्दा ठुलो Buddha Eden Park मा पुगेर Nepal Europe Online TV टेलिभिजनका संचालक दिनेश पोखरेलले को पहिलो कार्यक्रम तयार पारेका छन् जसमा पोर्चुगलका लागि नेपाल पर्यटन बोर्डका पर्यटनदूत रमेश कुमार गुरुङसंगको संवाद छायांकन गरिएको छ।

नेपाल युरोप अनलाईन टेलिभिजनको शुभारम्भ अवसरमा हार्दिक शुभकामना !!

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार