अस्ट्रेलियामा नेपाली बिद्यार्थी समीक्षा अधिकारीलाई क्यान्सर, सहयोगको लागी अपील

– हरिराम पौडेल

अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न आएकी नेपाली बिद्यार्थी समीक्षा अधिकारी ठुलो आन्द्रा क्यान्सर बाट ग्रसित भई उपचाररत रहेकी छिन् । उनको अष्टे«लियाको सिड्नी स्थित रोयल प्रिन्स अलफ्रेड अस्पतालमा लगातार दश घण्टा लगाएर चिकित्सकहरुले शल्यक्रिया सम्पन्न गरेका छन् ।

सन् २०१६ मा विद्यार्थी भिसामा उच्च शिक्षाको सपना बोकेर अष्ट्रेलिया आएकी समीक्षा अधिकारी क्यान्सर जस्तो घातक रोगबाट ग्रसित भएकीमा सम्पूर्ण नेपाली समुदाय नै अत्यन्तै दुखित भएको अष्ट्रेलियामा रहेर विभिन्न सामाजिक अभियानमा सक्रिय सामाजिक अभियन्ता प्रतिज्ञा अधिकारीले जानकारी दिएकी छिन् । उपचारको क्रममा केहि खर्च वीमा कम्पनीबाट पूर्ति हुने भएता पनि गम्भीर विरामी भएर थला परेकी उनले केही काम गर्न पनि नसक्ने र छ महिना सम्म केमो थेरापी साथै रेडियो थेरापी गर्नु पर्ने भएकोले उनलाई थप आर्थिक सहयोग जरुरत परेकोले सम्पूर्ण नेपालीहरुलाई सहयोगको लागि अनुरोध गरिएको छ ।

अस्पतालमा उपचाररत उनको हेरचाह र स्याहार सुसारको लागी नेपालबाट उनकी आमा राधा संग्रौला अधिकारी सिड्नी पुगेकी छिन् । नेपालमा रहदा विभिन्न एफ.एम. रेडियोहरु, लिस्नर्स क्लव नेपाल, लगायतका संघ संस्था मार्फत सधैं सामाजिक र परोपकारी काममा सक्रिय राधा संग्रौला अधिकारी (रोजु अधिकारी) यति बेला आफ्नै छोरी समीक्षा अधिकारीको उपचारको लागी दाताहरु संग सहयोगको याचना गरिरहेकी छिन् ।

सकेको सहयोग गरौ, समीक्षा अधिकारीको स्वास्थ्यलाभको लागी थप टेवा दिउ भन्दै सामाजिक अभियन्ता प्रतिज्ञा अधिकारीले सम्पूर्ण अस्ट्रेलियावासी नेपालीहरु तथा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीजनलाई सहयोगको लागी हार्दिक अपील गरेकी छन् । सहयोग गर्न इच्छुक ब्यक्तिहरुले तल उल्लेखित लिंक क्लिक गरी सहयोग गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार