अस्ट्रेलियामा कार दुर्घटनामा नेपाली युवाको मृत्यु

अष्ट्रेलियामा एक नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । चितवन घर भई अष्ट्रेलिया न्यूसाउथवेल्स राज्यको ओलंगनमा विगत ५ वर्षभन्दा बढीदेखि बसोबास गर्दै आएका सुजन दाहालको बिहीबार मृत्यु भएको हो ।

चार वर्षदेखि स्थानीय डोमिनोज पिज्जा सेन्टरमा काम गरिरहेका उनले पछिल्लो एक वर्षदेखि एज्ड केयरको काम थालेका थिए । एज्ड केयरमा काम गरेका उनी डब्बोको टारीमा रहेको घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । तिव्र गतिमा रहेको उनको गाडी प्रिन्सेस हाईवेमा रोकिराखेको लामो मालवाहक ट्रकमा ठोक्किन पुगेको थियो । दुर्घटनामा उनको ज्यान घटनास्थलमै गएको थियो । ट्रकका चालक घाइते भएको प्रहरीले जनाएको छ ।

न्यूसाउथवेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै घटना बिहीबार अपरान्ह ५:३० बजे भएको जनाएको छ । (प्रहरीको विज्ञप्ति यहाँ पढ्नुोस् ) दुर्घटनाका कारण सडक केही समय अबरुद्ध पनि भएको थियो । एनआरएन ओसेनिया क्षेत्रीय संयोजक एवं ओलंगोगका बासिन्दा धर्मराज अधिकारीले सुजन मिलनसार, सबैलाई सहयोग गर्ने व्यक्ति भएको बताएका छन् । उनले यो घटनाले आफुलाई स्तब्ध बनाएको भन्दै परिवारजनमा समवेदना दिएका छन् । उनले भने, “मेरो स्टोरमा करिब चार वर्ष काम गरेको हो । निकै मिलनसार, सकारात्मक सोच भएको एक नेपाली युवा भाईलाई गुमाउनु पर्दा निकै दुःख लागेको छ । नेपाली समूदायका सदस्यहरुले यस दुखद घडीमा परिवारजनलाई सहयोग गरिरहेका छन् ।”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार