एनआरएनए पोर्तुगलले विभिन्न नेपाली राष्ट्रिय चाडपर्वहरुलाई सम्बोधन गर्दै आज जनवरी १२ तारिख शनिवार एकमुष्ट शुभकामना आदानप्रदान गर्दैछ ।

नेपाल र नेपालीका राष्ट्रिय चाडपर्वहरु उधौली साकेला, योमोरी पुन्ही, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, माघी वा मकर सक्रान्तिका अवसरमा एकमुष्ट रुपमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले बताएका छन् ।
कार्यक्रम बेलुका ७ बजेदेखि New Wok Restaurant, Av. Almirante Reis No. 127- C, Arrois मा हुनेछ । कार्यक्रममा नेपाली समुदायका सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरुलाइ उपस्थितिकालागि एनआरएनए पोर्तुगलले अनुरोध गरेको छ।
















