एनआरएनए पोर्तुगलद्वारा नेपाली राष्ट्रिय चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा शनिवार बोल्दैगर्दा संघका अध्यक्ष कुबेर कार्कीले पोर्तुगलमा बसेर रेमिट्यान्स, ट्राभल, व्यवसाय , समाजसेवा र राजनीतिको नाममा फट्याई गरी नेपाली भएर नेपालीहरुलाई ठग्ने भाइरसहरुलाई कानूनीरुपमा ठेगान लगाउनुपर्ने कुरामा जोड दिनुभएको छ।
प्रवासमा रहदै गर्दा नेपालीले नेपालीलाई दिएको दुख असह्य हुने, र यस्ता गलत क्रियाकलाप गर्ने जो कोहीलाई छुट नहुने र समाजमा अरुलाई दुख दिने जोसुकैलाई पनि कानुनी दायरमा ल्याउनुपर्ने बताएका छन् र एन आर एन पोर्तुगल अब गलत क्रियाकलाप गर्नेहरुलाई कानुनी दायरमा ल्याउन समेत सहयोग गर्नेमा जोड दिनुभएको छ। पोर्तुगलमा बसेर विभिन्न व्यवसायमा रहेका र आफुलाई समाजसेवीको रुपमा हेर्नेहरुले नेपालीहरुमाथि गर्ने यस्तो गलत क्रियाकलापले समाज र संघ बदनाम हुदै गएकोले चिन्ता व्यक्त गर्दै, अब गलत कार्य गर्नेहरुलाई कानुनी उपचारमा ल्याएर समाज सुधार्नुपर्ने कार्कीले बताएका छन्।
















