गुडिरहेको कारबाट २ बर्षिया बालिका खसीन् , सयौ माइलको यात्रा गरिसक्दा पनि आमाबाबाले पत्तै पाएनन् ( भिडियो )

गुडिरहेको कारबाट २ बर्षिया बालिका खस्दा पनि कार चलाईरहेका आमाबाबाले पत्तै पाएनन् , गाडी चलाईरहे। बाटो मोडेर जाने क्रममा कारको पछाडीको धोका खुल्न गई बालिका खस्न पुगिन्। यो घटना मिनिसोटा अमेरिकाको हो।

बालिका सवार पछाडिको कारमा यात्रा गरिरहेका यात्रुहरुले सो घटनाको छायाँकन गरेका थिए। सयौ माइलको यात्रा गरिसक्दा पनि आमाबाबाले पत्तै पाएनन्, आफ्नै गफमा मस्त रहे। जब उनीहरुले पछाडी फर्केर हेरे, कारमा बच्चा नदेखेपछि झसंग भए र होसहवास नै उड्यो।

बाटोमा खसेकी बालिकालाई पछाडिको कारमा रहेका च्याड मक्सले नै छायांकन गरेका थिए र उनले आफ्नो कार रोकेर ति बालिकाको उद्धार गरी प्रहरीलाई खबर गरेका थिए। एम्बुलेन्स सहित आएको प्रहरीको टोलीले घटनास्थलमै ति बालिकाको स्वास्थ्य परिक्षण गरको थियो।

प्रहरीको अनुसन्धानको क्रममा बच्चाको सिटको बेल्ट कारसँग राम्रोसंग नबाँधिएको भेटिएपछि बालिकाका आमाबुवालाई अदालतमा उपस्थित गराईएको थियो, र अदालतले बालिकाको ज्यानलाई जोखिम राखी गाडी चलाएको अभियोगमा आमाबुवालाई जरिवाना गररेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार