बिलेनियर बिल गेट्स जब एउटा बर्गरका लागि स्थानीय रेस्टुरेन्टमा लाइन बसेको भेटिए …..

माइक्रोसफ्ट कम्पनीका मालिक बिलेनियर बिल गेट्सले बर्गर र चिप्स किन्न स्थानीय रेस्टुरेन्टमा लाइन बसेर किनेका छन्। मात्रै ७.६८ मूल्य डलरको बर्गर र चिप्स सर्वसाधारण झैँ लाइनमा बसेर गेट्सले किनेको फोटो अहिले संसारभरका सन्चार माध्यमहरुमा भाइरल भएका छन्।

यदि कसैले सम्पति र बिलिनेयर हुदैमा बिशेष सुविधाहरु पाउनुपर्छ भन्ने विचार राख्दछ भने , बिल गेट्स एउटा बर्गरको लागि लाइनमा बसेर किनेको यो घटना विश्वकै लागि एक उदाहरण र शिक्षा हुनसक्छ।

संसारभरका संचारमाध्यम र मानिसहरुले गेट्सको यो कार्यलाई मानब सभ्यताकै अनुपम उदाहरणको रुपमा हेरेका छन्। संसारकै धनाढ्य व्यक्तिले पनि सर्वसाधारण झैँ लाइनमा बसेर एउटा बर्गर किन्नुले मान्छे पैसाले ठुलो नहुने र उसको व्यवहार र सभ्यता नै उसको पहिचान हुने संदेश दिएको छ र हरेक मान्छेले यस घटनाबाट शिक्षा सिक्न जरुरी छ।

बिल गेट्स माइक्रोसफ्ट कम्पनीका संस्थापक र मालिक हुन्। उनीसंग अहिले १००, ०००, ०००, ००० डलरको सम्पत्ति छ तर ७.६८ मूल्य डलरको एउटा बर्गरको लागि सर्वसाधारण झैँ लाइनमा बसेर किन्नुले सबै मान्छेहरु समान हुन् बनेर सन्देस दिएको छ।

माइक गालोसले बिल गेट्सको बर्गर किन्नका लागि स्थानीय रेस्तुरेन्टमा लाईन बसेको फोटो सामाजिक फेसबुकमा पोस्ट गरेको सो फोटो १५ हजार भन्दा बढी शेयर भएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार