एजेन्सी ।

अनुसन्धानकर्ताहरुले गरेको अध्ययनअनुसार सँगै हाँस्ने रमाउँने जोडीको सम्बन्ध गाढा हुने देखाएको छ । जोडी जो एक अर्कालाई हाँसाको पात्र बनाउँछ र रमाउँछ यस्ता मानिसको सम्बन्ध राम्रो हुँने गरेको अध्ययनले देखाएको हो ।
हाँसोको माध्यमबाट सम्बन्ध राम्रो हुँने दाबी गरिएको छ ।
तर, हाँसोको लागि मजाकमा उडाउने कुराहरुबाट भने सम्बन्ध बिग्रिने डर उत्तिकै रहेको चेतावनी दिइएको छ । अमेरिकाको कान्सस विश्वविद्यालयका प्रोफेसरहरु सम्मलित अनुसन्धान टोलिले गरेको अध्ययनले यस्तो देखाएको हो।
विहे भएका जोडिहरुका लागि दुबै जनाले खुलेर हाँस्नु राम्रो हुँने सुझाइएको छ । अनुसन्धानकर्ताहरुले ३९ वटा विषयबस्तुमा डेढलाख मानिसहरुमाथि अध्ययन गरेका थिए ।
















