अस्ट्रेलियामा भारतको ऐतिहासिक जित, धोनी बने नायक (भिडियो)

मेलबर्न (एजेन्सी) महेन्द्र सिंह धोनीले उत्कृष्ट ब्याटिङ गरेपछि अस्ट्रेलियासँगको तेस्रो खेलमा भारत ७ विकेटले विजयी हुँदै २–१ ले वान डे सिरिज जितेको छ । यो सँगै भारतले पहिलो पटक एकै साथ अस्ट्रेलियन भूमिमा टेस्ट र वान डे दोहोरो सिरीज जित्दै इतिहास रचेको छ ।


टि ट्वान्टी सिरिज भने बराबरीमा सकिएको थियो । शुक्रबार २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले ४९.२ ओभरमा ३ विकेटको क्षतिमा आवश्यक रन जोडेको थियो । भारतको जितमा धोनी नायक बने । १ सय १४ बलमा खेलेका धोनी ६ चौका सहित ८७ रनमा नट आउट रहे ।

चौथो विकेटका लागि धोनीले केदार जाधवसँग नटआउट १ सय २१ रनको शतकीय साझेदारी गरेपछि भारतको जित सहज बनेको थियो । ५७ बलमा ७ चौका प्रहार गर्दै जाधव ६१ रनमा अविजित रहे ।

भारतका कप्तान विराट कोहली ४६, शिखर धवन २३ र रोहित शर्माले ९ रन जोडे । अस्ट्रेलियाका लागि झेय रिचड्र्सन, पिटर सिडल र मार्कस स्टोइनिसले समान एक–एक विकेट लिए पनि जितको लागि प्रर्याप्त रहेन ।

त्यस टस हारेर ब्याटिङ थालेको घरेलु टोली अस्ट्रेलिया ४८.४ ओभरमा २ सय ३० रन बनाउँदा अल आउट भएको थियो । टोलीका लागि पिटर हेन्ड्सकोम्बले सर्वाधिक ५८ रन बनाए । सन मार्श ३९, उस्मान ख्वाजा ३४, ग्लेन म्याक्सेवल २६, झेय रिचड्सर्न १६, कप्तान आरोन फिन्च १४ र पिटर सिडल १० रनमा नट आउट रहे ।

घातक बलिङ गरेका भारतका युजवेन्द्र चाहलले १० ओभरमा ४२ रन खर्चेर ६ विकेट लिए । त्यस्तै मोहम्मद शामी र भुवनेश्वर कुमारको नाममा पनि समान २ विकेट रह्यो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार