महिला टि ट्वान्टी स्मास क्रिकेटः थाइल्याण्डद्वारा नेपाललाई १२२ रनको लक्ष्य पेश

काठमाडौं । थाइल्याण्डमा भइरहेको महिला टि ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टोली थाइल्यान्डले पाहुना नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

शनिबार थाइल्याण्डको तेर्थई क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरको खेलमा १ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो । ओपनर नात्थकन चान्थम र नरुइमोल चवाईले पहिलो विकेटका लागि १७ ओभर भित्र ९४ रनको साझेदारी गरेपछि घरेलु टोलीले सम्मानजनक योगफल तयार तयार पारेको हो ।

थाइल्याण्डलाई सम्मानजनक योगफलमा पु¥याउन उत्कृष्ट अर्धशतक प्रहार गरेकी चान्थमले ६७ बलको सामना गरी ४ चौकाको सहयोगमा ६९ रनमा अविजित रहिन् । त्यस्तै चवाईले ४२ बलको सामना गरी २७ रन जोडिन् । चवाईलाई कप्तान रुविना क्षेत्रीले रन आउट गरेकी थिन् । चानिदा सुथिरन्गु १९ रनमा अविजित रहिन् । नेपालले ७ जना बलर प्रयोग गरेपनि कुनैपनि बलरले विकेट लिन सकेनन् । एक मात्र विकेट रन आउटको रुपमा पाएको थियो ।

थाइल्यान्डले दिएको लक्ष्य चुम्न सके पहिलो पटक नेपालको सिनियर महिला टोलीले अन्तर्राष्ट्रिय उपाधि हात पार्ने छ । शुक्रबार नेपालले इन्डोनेसियालाई ९२ तथा थाइल्यान्डले यूएईलाई ४९ रनले हराउदै फाइनल यात्रा पक्का तय गरेका थिए । नेपाल अहिले थाइल्याण्डले छोडेको लक्ष्यलाई पछ्याइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार