भुवनकी लिभिङ टुगेदर पार्टनर ‘क्याप्टेन’की कार्यकारी निर्माता

काठामाडौं । सुस्मिता बमजनले दोस्रो बिहे गरेपछि लाइन क्लियर छ– अभिनेता भुवन केसीले पनि तेस्रो बिहे गरे हुन्छ । तर उनी लिभिङ टुगेदरमा छन् ।

झन्डै ५ बर्षदेखि लिभिङ टुगेदर पार्टनर बनेकी जिया केसीलाई भुवनले प्रदर्शनको मिति कुरीररहेको फिल्म क्याप्टेनमा कार्यकारी निर्माता बनाएका छन् ।

फिल्मका मुख्य अभिनेता, छोरा अनमोल केसी हुन् । बिहेको घोषणा नगरे पनि भुवनले जीयालाई पत्नीको स्थान राखिसकेको उनलाई दिएको महत्वले देखाउँछ । जिया एटीएम भन्ने फिल्ममा अश्लील दृश्यका कारण बिख्याती बटुल्न सफल भएकी थिइन् । फिल्मचाहीँ सफल भएन ।

जीया र भुवनलाई थुप्रै पटक एकसाथ सार्वजनिक कार्यक्रममा देखिए पनि प्रेम सम्बन्धबारे स्वीकार गरेका छैनन् । छोरा अनमोल अभिनित फिल्म ‘जेरी’ हेर्न जाँदा उनीहरू एकसाथ देखिएका थिए ।

सम्बन्ध खुल्दै पछि भुवनको घरमा बस्नेमात्र नभई चाडपर्वमा पनि पत्नी झैं जियाको सक्रियता कायम रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार