पोर्तुगलबाट गायक कुन्साङ वाइबाले ल्याए ल्होछार गीत “होइ ल्हास्सो”

ल्होछार नजिकिँदै गर्दा गायक कुन्साङ वाईबाले पोर्तुगलबाट ल्होछार गीत ल्याएका छन्। गीतको छायांकन पनि पोर्तुगलमा नै गरिएको छ।

संगितकार एवं गायक विशाल काल्तानको सभापतित्वमा तथा तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाईबाको प्रमुख अतिथ्यतामा एक पत्रकार सम्मेलन मार्फत सो गीतको भिडियो विमोचन गरिएको छ ।

गायक कुन्साङ वाईबाको २०५३ सालमा पहिलो एल्बमको रुपमा “को-म्हेन्दो” मार्फत श्रोता माझ चिनिए । त्यस पश्चात् २०५७ सालमा तुलसा वाईबा, ईन्दिरा योन्जन, भक्त स्याङ्तान सहित मिलेर संयुक्त एल्बम् “छे-ह्रेङ्गाई” मा छे-ह्रेङ्गाई ग्यार्जा गि छे-ह्रेङ्गाई तथा “ए ठुली म्योना लाजी एला माया से” बोलको गित दर्शक र श्रोतामाझ ल्याएर आए, जुन निकै नै लोकप्रिय भए ।

त्यस्तै २०५९ सालमा “लानि – दिनि” एल्बममा “डम्फु ह्रप्सी स्याईले ए ङा , “लानी ह्राङ्नुन् शितल शितल, २०६१ सालमा “सेम्जो” एल्बमले २०६२ सालमा ईमेज अवार्डको नोमिनेशनमा समेत पर्न सफल भएको थियो एल्बममा “ए सेम्जो एला ह्लुई नुन् ज्याबा, “ए लै लै च्याको मुरि”, “राप्ती बगररी” बोलको गित समावेश थिए । त्यस्तै “तामाङ-ग्ले” एल्बम तथा २०६६ सालमा नेपाली एल्बमको समेत सुरुवात गर्दै “छ्युर्पिको दाना शेर्पिनी नाना” बोलको गित र २०७० मा नेपाली एल्बम “The Sidra Tree” समेत नेपाली संगीत क्षेत्रमा छाए ।

सांगीतिक यात्रामा अनवरत लागिरहने वाईबाले यति प्रवासबाटै कोशेलिको रुपमा “होइ ल्हास्सो” गीत लिएर आएका छन् । सो गीतमा शब्द संगित विशाल काल्तान, स्वर कुन्साङ वाईबा, एरेन्ज फणीन्द्र राई, रेकर्डिस्ट सुमन खड्का, मिक्सिङ दिपेश प्रधानले गरेका छन् ।

भिडियोको निर्देशन, सम्पादन, छायांकन सुमन वाईबा तामाङ, अभिनयमा मनु पाख्रीन, प्रकाश तामाङ लोप्चन, उर्गेन वाईबा, अजय लामा र विनोद मगरले गरेका छन भने कोरियोग्राफी विनोद मगर तथा शृङ्गार,हेयर डिजाईनमा निशा राई छन्त्यालले गरेका छन् । भिडियोमा पोर्चुगलको विभिन्न सुन्दर ठाउँहरुमा छायांकन गरिएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार