रवि र निकिताको बिहेले कन्फ्युज दीपा, अब के भन्ने?

चर्चित पत्रकार रवि लामिछाने र चलचित्र बिकाश बोर्डकि अध्यक्ष निकिता पौडेलले कानुनी रुपमा बिहे गरेको खबर सार्वजनिक भए संगै उनीहरुलाई देश विदेश बाट बधाईको ओइरो आइरहेको छ । रवि र निकिताका शुभचिन्तक हरुले देश विदेशबाट नया सम्बन्धको लागि बधाई तथा शुभकामना दिएका छन । त्यसै क्रममा चर्चित फिल्म निर्माता तथा हास्यकलाकार दिपा श्री निरौलाले बधाई दिएकी छिन । रवी र निकितालाई शुभकामना दिदै कलाकार दिपाश्री निरौलाले फेसबुकमा कन्फ्युज हुँदै यस्तो लेखेकि छिन्। “बैनी भनौ की भाउजु भनौ दाई भनौ कि ज्वाई भनौ मन ले भन्छ बधाई भनौ…

। केहि समयदेखि पूर्वपत्नी इशा लामिछानेसँगको डिभोर्सको विषयलाई लिएर सामाजिक सञ्जालमा हट टपिक बनेका रवी लामिछानेले अन्तत तेस्रो विवाह बन्धनमा बाँधिएका छन्। रवि लामिछाने र चलचित्र विकाश बोर्डकी अध्यक्ष निकिता पौडेलले सोमबार काठमाडौँ जिल्ला अदालतबाट कोर्ट म्यारिज गरेका हुन्। केही समययता यी दुई प्रेम सम्बन्धमा रहेको र चाँडै विवाह हुने चर्चा चलेको थियो। रविले फेसबुकमा व्यक्तिगत जीवनले नयाँ मोड लिएको भन्दै एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको उल्लेख गरेका छन्। उनले परम्परागत रुपमा आउँदो बैशाखमा विवाह गर्ने लेखेका छन् । बिबाह गरेको खबर सार्वजनिक भए संगै सामाजिक संजाल फेरी एकपटक रवि लामिछानेमाया भएको छ । संजाल भरि रविलाई बधाई दिने र उनको आलोचना गर्ने सबैले आआफ्नो धारणा राखेका छन् ।

रविले केही महिना अघि २५ वर्षे वैवाहिक सम्बन्ध टुंग्याएका थिए। पहिलो श्रीमतीबाट उनका दुई छोरी छन्।अमेरिका रहँदा विदेशी महिलासँग लिभिङ टुगेदरमा बसेको र ती महिलाबाट एक सन्तान पनि जन्मेको रविले यसअघि नै बताईसकेका छन्। रविले निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेपछि सामाजिक सञ्जालमा उनलाई सम्बन्ध दिगो होस् भन्दै धेरैले शुभकामना दिएका छन् । शुभकामना दिनेमा उनकै पूर्वपत्नी ईशा लामिछाने समेत छिन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार