म्याड्रिड :

विश्वविख्यात फुटबलर स्पेनका क्रिस्टियानो रोनाल्डोले आफूमाथि लागेको कर छली मुद्दाको फैसला स्वीकार गर्दै १९ मिलयन यूरो जरिवाना तिर्न तयार भएका छन् ।
२३ महिना जेल सजाय समेत सुनाइएकोमा रोनाल्डोले भने जेल सजायका लागि तयार नभएर रकम तिरेका हुन् । अदालतले उनीमाथि कर छलीको अभियोगमा १९ मिलियन यूरो साथै २३ महिनाको जेल सजाय सुनाएको थियो । रोनाल्डोले स्पेनको २४ महिनाभन्दा कम समयावधिको जेलसजाय भोग्नु नपर्ने कानूनको लाभ उठाउँदै जेल जान इन्कार गरेका हुन् ।
मंगलबार उनी अदालतमा फैसलापछि आफ्नी प्रेमिकासँगै बाहिरिँदै गर्दा यस्तो जानकारी दिएका हुन् । खेल मैदानमा रिसाहा स्वभावका राेनाल्डाे सजायपछि भने हाँसिरहेको देखिन्थे । सन् २००९ देखि २०१८ सम्म रियल म्याड्रिडका लागि खेलेका ३३ वर्षीय खेलाडी अहिले जुभेन्ट्सका लागि खेल्दैआएका छन् । अदालतमा १५ मिनेट उपस्थित भएका यी ब्यस्त खेलाडी पत्रकारहरुसँग ‘सबै ठीक छ,’ भन्दै थप प्रतिक्रिया दिन मानेनन् ।
















