वैदेशीक रोजगारको लागि काठमाडौं स्थित ब्लु स्काइ म्यानपावर मार्फत साउदी पुगेका नेपाली युवाको गत नोभेम्बर २७ मा आँफैले चलाएको गाडी ( फर्क लिफ्ट) ले किचेर मृत्युु भएको थियो। लगभग डेढ महिनाको अथक प्रयास र रियाद स्थित नेपाली राजदुताबासको सकृयतामा पार्थिब शरीर गत जनवरी ७ मा स्वदेश पुगेको छ।
मृत्यु हुने युवा चापाकोट नगरपालिका- ४, भन्टाबारी स्याङ्जाका ३३ बर्षिय बेगबहादुर थापा (पदम) हुन ।
साउदी अरब स्थित अल्मराई कम्पनिको कामको सिलसिलामा आंफैले चलाएको गाडी पल्टेर किच्दा उपचारको क्रममा मृत्यु भएको थियो। यस दुखद परिस्थितिमा परिवारको लागि सहयोगार्थ भनी अल्मराई कम्पनिको विभिन्न शाखा अन्तर्गत अल्खर्ज सेल्स, CPP को विभिन्न डिपार्ट, फार्म डिभिजन, बेकरी डिभिजन,रियाद, हायल, जेद्दा साथै अल्खर्ज क्षेत्रको नेपालि एकता समाजबाट CPP को नेपाली कमिटिको विशेष पहलमा ७३,४०४ साउदी रियाल अर्थात् नेपाली रुपैयाँ एक्काईस लाख अट्ठाइस हजार सात सय सोर्ह संकलन गरेर घरमा सासू बुहारिको नाममा हकवाला दुइ छोराहरु राखेर नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोल्न लगाई खाता न.04105050274685 मा उठेको सम्पुर्ण रकम पठाइसकिएको छ।
स्व. यम बहादुर थापा र धनकुमारि थापाको छोरा मृतक बेगबहादुरको श्रीमती दुर्गा थापा, दुई छोराहरु दिलिप र दिप्सन थापा रहेका छन भने उनको एक भाइ तथा तिन दिदिबहिनीहरु रहेका छन।
आपतविपदमा परेका नेपालीहरुको सहयोगमा यस्ता कामहरु नेपाली कमिटिले गर्दै आएको छ र भविष्यमा पनि गरिरहनेछ भनी कमिटिका सचिब नाथन शर्माले बताएका छन् ।
















