मोनाकोका मुख्य प्रशिक्षक बर्खास्त

एजेन्सी ।

फ्रेन्च क्लब मोनाकोले मुख्य प्रशिक्षक थिएरी हेनरीलाई बर्खास्त गरेको छ । फ्रेन्च लिग र अन्य प्रतियोगितामा मोनाकोले लगातार खराब प्रदर्शन गरेपछि क्लबले हेनरीलाई ३ महिना नबित्दै बर्खास्त गरेको हो ।

मोनाकोले हेनरीलाई २० खेलपछि बर्खास्त गरेको हो । मोनाकोले लियोनार्दो जर्दिमलाई बर्खास्त गर्दै गत असोजमा हेनरीलाई क्लब जिम्मेवारी सुम्पिएको थियो । तर, मोनाकोले आफ्नो खराब लयलाई सुधार गर्न नसकेपछि क्लबले हेनरीलाई समेत हटाएको हो ।

आर्सनलका पुर्व स्ट्राईर हेनरीलाई मोनाकोले सन् २०२१ सम्म मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । मोनाको आउनुअघि ४१ वर्षीय फ्रेन्च खेलाडी हनेरीले बेल्जियमको राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरेको थिए ।

हेनरीले मोनाकोबाटै आफ्नो व्यवसायीक फुटबल करियर अगाडी बढाएका थिए । उनकै सहयोगमा मोनाकोले सन् १९९७ मा लिग वानको उपाधि उचालेको थियो ।

जारी सिजनमा भने मोनाको २१ खेलबाट १५ अंक जोडेर रेलिगेसन जोनमा परेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार