विमानसहित वेपत्ता स्ट्राइकर सालाको खोजी कार्य स्थगित, जीवित भेटिने सम्भावना सकिएको निश्कर्ष

एजेन्सी ।

विमानसहित बेपत्ता भएका इन्ग्लिश प्रिमियर लिग क्लब कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो सालाको खोजी कार्य स्थगित गरिएको छ ।

च्यानल आइसल्याण्डमा चारदिनदेखि बेपत्ता विमानको कुनै अवशेष र प्रमाणहरु फेला नपरेपछि उद्दारकर्मीहरुले खोजी कार्य स्थगित गरेका हुन् । हराइरहेका स्ट्राइकर र पाइलट डेभिड इबोटसन जीवित भेटिने सम्भावना सकिएको समेत खोजी कार्यमा संग्लग्न अधिकारीहरुले बताएका छन् ।

फ्रान्स प्रहरीले उनीहरुको खोजी कार्य सक्रिय भएर नगरे पनि खोजी कार्य जारी रहने जनाएको छ ।

फ्रेन्च क्लब नान्टेसबाट कार्डिफमा गत शनिबार मात्र अनुबन्धित भएका साला चढेको विमान च्यानल आइसल्याण्ड पुगेपछि सम्पर्कबिहिन बनेको थियो । खोजीमा ३ वटा पानीजहाज र १ हेलिकप्टर तैनाथ गरिएको भए पनि उनीहरुको अवस्था अझै अज्ञात रहेको छ ।

नान्टेसबाट कार्डिफतर्फ गईरहेको बेला अर्जेन्टिनी स्ट्राइकर साला चढेको विमान बेपत्ता भएको थियो । कार्डिफले उनलाई कीर्तिमानी मूल्य १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

२८ वर्षीय साला चढेको विमान दुर्घटना परेको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार