थ्री स्टारलाई सिमरा गोल्ड कपको उपाधि

बारा ।

दशौँ संस्करणको रुस्लान सिमरा गोल्डकप फुटबलको उपाधि थ्री स्टार क्लबले जितेको छ । उपाधि भिडन्तमा आर्मी क्लवलाई पराजित गर्दै थ्री स्टारले उपाधि उचालेको हो ।

सिमरा रंगशालामा शनिबार भएको खेलमा आर्मीलाई सडनडेथमा पराजित गर्दै थ्री स्टारले पहिलो पटक उपाधि उचालेको हो ।

उपाधिसंगै थ्री स्टारले ६ लाख प्राप्त गर्यो । उपविजेता आर्मीले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

सडनडेथमा आर्मीका सुमन अर्याल पेनाल्टीमा चुक्दा थ्री स्टारले मोफसलको उपाधि उचाल्यो । थ्री स्टारको उपाधि यात्रामा गोलकिपर एलन न्यौपाने नायक बने । उनले फाईनलमा ३ पेनाल्टी रोक्न सफल भए ।

फाईनलमा तीन पेनाल्टी रोकेका एलन म्यान अफ दी म्याच भए ।

टाईब्रेकरमा थ्री स्टारका शुनिल बल र आर्मीका दिपक गुरुङ गोल गर्न चुकेका थिए । दुवैको प्रहार गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

टाईब्रेकरमा आर्मीकातर्फबाट कप्तान भरत खवास, दिप लामा, विवेक बस्नेत र सन्तोष तामाङ गोल गरे ।

थ्री स्टारकाका रञ्जित धिमाल, रुपेश केसी, बिक्रम लामा र अनन्त तामाङको प्रहार गोलमा परिणत भएको थियो ।

सडनडेथमा आर्मीका विकास तामाङ र विकास खवासले गोल गरेका थिए ।

थ्री स्टारका फोफाना, रञ्जन विष्ट र शुशिल राईको प्रहारले जाली चुमेको थियो । थ्री स्टारका दिनेश राजवंशीको प्रहार गोलकिपरले रोकेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार