‘सम्मान मधेश साउदी परिवार’द्वारा घर बिहीन महिलालाई आर्थिक सहयोग

– तेज थापा

साउदी अरब । साउदीमा रहेको नेपालीहरुको साझा संगठन सम्मान मधेशले धनूषाको मिथिला बिहारी नगरपालिका ५ की घरबार बिहीन महिला निलम देवी मंडललाई ३५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

सम्मान मधेश संगठनको तर्फबाट २५ हजार, सम्मान मधेश कूवेतका अध्यक्ष शयाम सून्दर मंडलद्वारा १० हजार गरी जम्मा ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो।

घरबार बिहीन निलमलाई सम्मान मधेशका पदाधिकारीहरु केन्द्रीय सह कोसाध्यक्ष गणेश शाह, केन्द्रीय सल्लाहकार शम्भु चौधरी लगाएतको टोलीले उनको वासस्थानमै पुगेर उक्त रकम हस्तान्तरण गरेको समाजले जनाएको छ।

आर्थिक अवस्था निकै दयनिय भएकी निलमले आफनो घर बनाउन नसकेर दुख, पिडा समाजीक संजालमा पोखेकी थिईन्। श्रीमान ५ वर्ष अगाडि नै बितेको र तीन छोरा छोरी नाबालक भएको भन्दै निलमले घर बनाउन नसकेको बताएकी थिईन्।

श्रीमानको मृत्यु भएपछि निलम देवीको घरमा कमाउने कोही नभएको र बाल बच्चाको पालन, पोषणका लागी धेरै कठिनाई भएकाले हामीले सक्दो सहयोग गरेको सम्मान मधेश कूवेतका अध्यक्ष शयाम सून्दर मण्डललाई उदृत गर्दै सम्मान मधेशका केन्द्रीय मिडिया रिपोर्टर राजन मिस्राले बताए।

सम्मान मधेशका केन्द्रीय महासचिव रामेश्वर शाह लगाएत समाजका पदाधिकारीको सहमतिमा घर बनाउनका लागि आर्थिक सहयोग गरिएको सम्मान मधेशका केन्द्रीय अध्यक्ष त्रिलोकी शाहले बताए। सम्मान मधेशले नेपाली, मधेशी, दलित, गरिब, विपन्न तथा अनाथ घर परिवारहरुलाई सहयोग गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार