अष्ट्रेलियाका नेपाली समुदायलाई थाहै नदिइ सुटुक्क सपरिवार नेपाल फर्किइन् लक्की शेर्पा

अष्ट्रेलिया ।

आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएपछि विवादमा मुछिएकी शेर्पालाई बुधवार सपरिवार नेपाल फर्किएकी छन् ।

क्यानबेरा बाट क्वनटास बिमान को ४ बजेको उडान बाट सिड्नी र सिड्नी बाट चाइना साउदर्न को बिमान बाट चाइना हुदै नेपाल फिर्ता हुने कार्यक्रम तय भएको श्रोत ले जनाएको छ ।

आफ्नै चालक वाड्चु शेर्पाले ठुलो रकम लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि अचानक विवादमा परेकी शेर्पा लाई मंसिर २२ गते आफु माथि त् लागेको आरोपमाथि स्पस्थिकरण दिन नेपाल सरकार परराष्ट्र मन्त्रालयले उनलाई काठमाडौं बोलाएको थियो। शेर्पाको जवाफ चित्त बुझ्दो नभएको भन्दै राजनीतिक तहबाट शेर्पालाई छिट्टै निकास दिन भनेको थियो ।

शेर्पाले भने आफु माथि लागेको आरोप निराधार भएको भनि खण्डन गर्दै आएकी थिईन । एक हप्ता अघि आफ्नो निवास क्यानवेरामा आयोजित स्थानीय नेपाली समाजका प्रतिनिधिहरु संगको भेट घाटमा पनि शेर्पा ले आफुलाई फसाउन ठुलो गिरोह लागेको र आफु निर्दोस भएको बताएकी थिईन ।

राजदुतहरु कार्यकाल सकिएर नेपाल फर्कदा अष्ट्रेलिया स्थित नेपाली समुदायले औपचारिक रुपमा बिदाई गर्ने चलन भएपनि शेर्पा भने नेपाली समुदायलाई जानकारी नगरी नफर्कने गरि फर्केकी छन् ।

शेर्पा माथि लागेको आरोपको नेपाल सरकारले अझै सम्म पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार