नेपाल-यूएई टि–२० क्रिकेट: नेपाल २१ रनले पराजित

काठमाडौंः

घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले पहिलो टी-ट्वान्टी क्रिकेटमा नेपाल २१ रनले पराजित भएको छ ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर खेल्दै ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । उनी ५३ रनमा अविजित रहे । यस्तै सोमपाल कामीले २७ तथा कप्तान पारसले २५ रन जोडे ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

युएईका लागि शाईमन अनवरले ५९, मोहमद उस्मानले ३०, सिपी रिजवानले २२, मोहमद बोताले अविजित २० र कप्तान मोहमद नाभिद १ रन जोडेका थिए ।

नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले २/२ विकेट लिए । यस्तै डेब्यु खेलाडी अविनास बोहरा र सोमपाल कामीले १/१ विकेट लिए ।

घरेलु टोलीविरुद्धको एकदिवसीय सिरिज जितेको नेपालले अब शुक्रबार दोस्रो टी-ट्वान्टी खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार