कुवेतमा हृदयघतको कारण चितवनका जीवनको मृत्‍यु

-हरि कृष्ण न्यौपाने
रत्ननगर-८,चितवन नर्कटिया घर भई कुवेतको एसके (SK) कम्पनीमा सवारी चालकका रुपमा कार्यरत ४७ बर्षिय जीवन महतो(चौधरी)को हृदयघतको कारण कुवेतमै मृत्यु भएको छ।

एउटै कम्पनीमा काम गर्ने सहकर्मी लुचेन्द्र महतोका अनुसार सबै साथीहरुसंग काम गर्ने साइटमा बिहान ६:३० बजे कम्पनीकै गाडीमा गएको र केएनपिसी कम्पनीमा गेटबाट भित्र छिर्ने क्रममा चेक जाँचका लागि बाहिर निस्किएर साथिहरु संग कुरा गर्दा गर्दै बिस्तार बसेका थिए। अकस्मात कुराकानीका क्रममा बसेर ढले पछी तत्काल आदान अस्पातल पुर्याईेकोमा डक्टरले उनलाई मृत घोषित गरेको थियो।

रक्तचाप र सुगर बिमारले ग्रसित चौधरीले मध्यपान, धुम्रपान लगायत कुनै चिज सेवन गर्दैनथे।उनी वार्षिक छुट्टी सकेर दुई महिना अघी गत डिसेम्बर ६ तारिख मात्र स्वदेशबाट कुवेत फर्केका थिए। मृतक चौधरीको १ छोरा, १ छोरी र श्रीमती घरमा रहेका छन।

नेपाली राजदुतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरका अनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरि मृतकको शव छिटोभन्दा छिटो नेपाल फर्काउन पहल शुरु गरी सकिएको छ।कम्पनीले मृतकको आबश्यक कागजात तथा शब पठाउन लाग्ने शुल्क समेत दुताबासमा बुझाई सकेको छ भने क्षतिपूर्तिका लागि पनि आबश्यक प्रकृया शुरु गरिने सचिबले बताएका छन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार