– रमन अधिकारी

अष्ट्रेलिया एक बहुसांस्कृतिक मुलुक । अष्ट्रेलियाको राष्ट्रिय दिवस अष्ट्रेलिया डे जनवरी २६ मा मनाइयो । अष्ट्रेलियाभरि नै मनाइएको भएपनि एडिलेडको अष्ट्रेलिया डे थप यादगार बन्न पुग्यो ।
अष्ट्रेलिया डेमा यसपटक पनि विभिन्न देशका र विभिन्न समुदायका मानिसहरुले आफ्नो संस्कृति झल्कने पहिरन र लोक सांस्कृतिक संगीत र बाध्यबाधन लिएर परेडमा सहभागी भए । नेपाली समुदाय पछि पर्ने त कुरै थिएन । जहॉ विगत केही बर्ष झै यसपाली पनि नेपाली संस्कृति र नेपालका बिभिन्न समुदायका भेषभुषाले सजिसजावट मानिसहरु सहभागी भए ।
अग्रस्थानमा गाडीमा नेपालको राष्ट्रिय झण्डा, अष्ट्रेलियाको झण्डा, शान्तिदूत भगवान बुद्ध र सर्वोच्च शिखर सगरमाथाका पोष्टरले सजिएको थियो । यस्तै कुमारीको रथले बेग्लै रौनक ल्याएको थियो । ढ्याङ्रो बजाउदै झााक्रिले पनि दरिलो उपस्थिति जनाएका थिए बहुसंस्कृति परेडमा ।
नेपाली समुदयाको गौरवपूर्ण उपस्थितिको संयोजन एडिलेड नेपाली समाजले गरेको थियो । जसको नेतृत्व सुरेन रेग्मी र बन्धुविक्रम कार्कीको थियो । सधै झै सम्पुर्ण एडिलेडमा रहेका नेपाली संघ संस्थाहरु एकजुट भई नेपाल र नेपालीलाई चिनाउन लागीपरेका थिए ।
गैरआवासीय नेपाली संघ एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक अशोक केसी, नेपाली विद्यालयका संचालक समितिका अध्यक्ष नविन कँडेल, पाठशालाका अध्यक्ष कपिल पाण्डे नेपालको झण्डा, व्यानर र व्यवस्थापनमा खटिएका थिए । इनासका विकाश पोख्रेल मादलमा थिए भने, किरॉतका नविन काम्बाङ, तामांग सोसाइटीका पाल्देन लामा, छेदा लामा, तमु धी गुरुंगकी सिमा गुरुंग लगाायतले परेडलाई अझ रौनक थपेका थिए ।

संयोजकमध्येका एक बन्धुविक्रम कार्कीले एमएनटीभीसँग भने, “यो कार्यक्रमको निरन्तरता हो, एडिलेड नेपाली समाजले विगत ६ बर्ष देखि यसरी नै सहभागिता जनाउदै नेपाल र नेपाली चिनाउदै आएको छ ।” उनले थपे “बिगतको तुलनामा यसपल्ट नेपालमा झै सबै किसीमका जातजाति भेषभुषा र संस्कृति झल्केको र धेरै नेपालीहरुले बाटोबाट उभिएर ताली बजाउदै परेडमा हिडेका नेपालीहरु र अरु विभिन्न देशका समुदायलाई हौसला प्रदान गरेका थिए । सहभागी र हौसला बढाउने सबै धन्यवादको पात्र हुनुहुन्छ ।”
सन् २०१२ बाट एडिलेड नेपाली समाजले परेडमा सहभागिता व्यवस्थित गर्न संयोजनकारी भुमिका खेलेको हो तर यसभन्दा अगाडी देखि नै बिभिन्न संघ संस्थाले नेपालको प्रतिनिधित्व गर्दै नेपाल र नेपालीलाई साउथ अष्ट्रेलियामा चिनाउन महत्वपुर्ण योगदान गरेका थिए । यसपल्ट नेपालको परेडको सहभागिता निक्कै नै अनुशासित र झकिझकाउ थियो । दर्शकहरुका साथै जसले अन्य समूदायका साथै अष्ट्रेलियाका मन्त्री, संसद लगायत बरिष्ठ अधिकारीहरुको ध्यान तान्न सफल बनेको थियो ।
















