‘पुरानो बुलेट’को फस्टलुकमा अनुप, बर्षा र माला

चैत्र १ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘पुरानो बुलेट’को फस्टलुक रिलिज गरिएको छ । भिषण राइको निर्देशनमा तयार भएको चलचित्रमा अनुप विक्रम शाही, बर्षा सिवाकोटी र माला लिम्बुको अभिनय छ ।

फस्टलुकमा बर्षालाई गाउँले भेषमा देखाइएको छ भने मालालाई बोल्ड भूमिकामा देखाइएको छ । चलचित्रमा अनुप र बर्षा गाउँले भूमिकामा देखिएका छन् भने मालालाई शहरिया यूवतीको भूमिकामा देखाइएको छ । चलचित्रको कथा, पटकथा तथा लेखन भीषण राई र सन्तोष राइले गरेका हुन् । सन्तोष यो चलचित्रका कार्यकारी निर्माता पनि हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार