पल संग विवाहको बारेमा अन्योल छु – आँचल शर्मा

आँचलले ‘नाई नभन्नु ल ४’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले केही चलचित्र अभिनय गरेकी छन् । रिलिजको हिसावले ‘जोनी जेन्टलम्यान’ दोस्रो हो । दर्जन बढी म्युजिक भिडियो अभिनय गरेकी उनले पछिल्लो अभिनयका लागि केही योजना पनि बनाएकी छन् । राम्रो चलचित्र मात्र काम गर्ने उनको थुप्रै योजना मध्यको एक हो दाल भात तरकारी । यस अघि पनि मह जोडीको फिल्म सत्रु गते मा अभिनय गरि सकेकी आंचल अहिले सोहि टिम संग दाल भात तरकारी मा जोडिएकी छिन । यसै फिल्मको पहिलो गित भिजिट भिसामा अहिले चर्चित हुँदै छ । हेर्नुहोस आँचल संग गरिएको केहि कुराहरु ।

अभिनेत्री भएपछि सौदन्र्यतिर विशेष ध्यान रहन्छ होला नि होइन ?

– भन्दा गफ गरेको जस्तो होला । तर यो बास्तिबिकता हो । श्रृंगारप्रति धेरै इन्ट्रेस्ट नहुने म पहिलो युवती होला । केटाहरुलाई बरु बाहिर निस्कने बेलामा श्रृंगारमा समय लाग्ला, मलाई त्यति पनि लाग्दैन । म पाँच मिनेटमा रेडी हुन्छु । नर्मल क्रिम, गाजल लगाउँछु । यी बाहेक त्यस्तो केही लगाउनु पर्छ भन्ने छैन ।

फिटनेस, एक्सर्साइजमा कति ध्यान दिनुहुन्छ ?

पहिले गर्दिन थिएँ, अहिले गर्न थालेकी छु । पहिलो चलचित्र ‘नाइ न भन्नु ल’ भन्दा अहिले धेरै दुब्लाएकी छु । धेरैले पनि यसै भन्छन् । अहिले अभिनयमा आएपछि क्यामराको लागि भएपनि फिट रहनुपर्छ भनेर जिम, जुम्बा जाने गरेकी छु । सुटिङ र काम परेको समय बाहेक सधै एक्सरसाइज गर्छु ।

फेसनतिर त रुचि पक्कै होला ?

–रुचि नभएपनि लगाव राख्नैपर्छ । अरुले राम्रो देखोस् भनेर पनि फेसनमा ध्यानदिनु पर्ने हुन्छ । आफूलाई जे सुहाउँछ, त्यही फेसन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । फेसनमा कन्सियस हुनेभन्दा पनि सुहाउने पहिरनमा जोड दिन्छु । गाउन, टिसर्ट, पाइट र वान पिस मलाई सुहाउने पहिरन हुन् ।

आफ्नो शरिरको कुन अंग मनपर्छ ?

पहिले ओठ राम्रो लाग्थ्यो । मेरो ओठ अलि सानो पनि छ । कोठी पनि थियो । त्यसैले मनपथ्र्यो । हाँसो पनि राम्रो लाग्थ्यो । अहिले सबैले आँखा मनपर्छ भन्छन् । त्यसैले पनि होला मेरो सोच बदलिएको छ । मलाई पनि अहिले आँखा मनपर्छ ।

फुर्सदको समय के गर्नुहुन्छ ?

घरमै बस्छु । परिवारसँग रहन मनपर्छ । घरमै बसेर विभिन्न गेम खेल्ने, भेट्न नभ्याएकालाई फोन गर्ने लगायतका क्रियाकलाप गर्छु ।

प्रेममा हुनुहुन्छ ? : छैन ।

त्यसो भए, प्रेम प्रस्ताव आएको छैन ?

इन, होइन । पहिले स्कुलमा पढ्दा धेरै आउँथ्यो । अहिले भने आएको छैन । प्रेममा रमाउनभन्दा पनि केटाहरुलाई प्रेम मा पारेर फलो गराउन मनपर्छ ।

कस्तो केटासँग डेटको इच्छा छ ?

डेट, योसँग गर्नपाए हुन्थ्यो भनेर सोचकी छैन । तर मेरो एउटा फरक सोच पनि छ । त्यो के हो भने म त्यस्तो केटासँग डेट जान चाहन्छु, जसले महिलाको सम्मान गरोस् । ह्यान्डसम्, गुडलुकिङ र अन्य केटीहरुलाई बाल नदिने खालको स्वभाव होस् ।

तपाइँको पूरा नभएको सपना ?

– त्यस्तो केही छैन । म जे चाँहन्छु, त्यो कुनै न कुनै माध्यमबाट पूरा हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार