पोर्तुगल।

तामाङ समाज पोर्तुगलले साँस्कृतिक कार्यक्रमसहित २८५५ औं सोनाम ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम पोर्तुगलको राजधानी लिस्बनमा सम्पन्न गरेको छ ।
कार्यक्रममा लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टाशी लामा मोक्तान, गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समानवय परिषद पोर्तुगलका अध्यक्ष कुबेर कार्की, नेपाल आदिवासी जनजाती महासंघ पोर्तुगलका कावा अध्यक्ष राजेन्द्र शेर्पा, रमेशकुमार गुरुङ, नरेन्द्रबहादुर हमाल, पेम्बा शेर्पा, अनिता मोक्तान र मीना खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष सुनिता ब्लोन तामाङको अध्यक्षतामा सल्लाहकार मीना स्याङ्तानले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विपीन तामाङले गरेका थिए ।
नेपालबाट आमन्त्रित कलाकारद्वय विरु लामा र निर्मला घिसिङलगायत पोर्तुगलमा रहेका कलाकारहरु शशी लामा, मेघ लामा, पूर्ण तामाङ, मनु पाख्रिन, प्रितु योञ्जनलगायत कलाकारहरुले पनि साँस्कृतिक कार्यक्रममा आफ्ना प्रस्तुति पस्केका थिए ।
साँस्कृतिक सत्रको सञ्चालन विपीन र सुनील तामाङले गरेका थिए ।
















