जापानमा रेष्टुरेन्टमा वितण्डा मच्चाउने ५ नेपाली युवा प्रहरी खोरमा

टोकियो – टोकियो कामाता स्थित एक नेपाली रेष्टुरेन्टमा वितण्डा मच्चाउने ५ जना नेपाली युवाहरुलाई टोकियो महानगरिय प्रहरीले पक्राउ गरेको छ ।

रोयाल कामाता बोइजका ती युवाहरुले गत अक्टोबर १९ मा दशैं मनाउन योकोहामाबाट आएका विद्यार्थी युवाहरु मध्यका ४ जनालाई बियरको बोतल प्रहार गरी सख्त घाइते बनाएका थिए । अधिक मदिरा सेवन गरी उनीहरुले वितण्डा मच्चाएको बुझिएको छ ।

उक्त ग्रुपका मनोज खत्रीसहित अन्य ४ गरी ५ जनालाई प्रहरीले हिरासतमा लिएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

५ जना मध्य १ जनालाई पहिले नै प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।

घटनाको समयमा ८ जनाको समुहमा आएका रोयाल कामाता बोइजका अन्य युवाहरुलाई पनि प्रहरीले ब्यापक खोजी गरिरहेको जनाईएको छ । फेसबुकमा भएको नाम र वास्तविक नाम फरक भएकोले प्रहरीलाई पत्ता लगाउन केही समय लागेको बताईएको छ ।

रोयाल कामाता बोइजमा टिनएजरदेखि बिसबाट ३० बर्षसम्म उमेर समुहका १ सय ३० जना युवाहरु आबद्ध रहेको प्रहरीले पत्ता लगाएको छ ।
पक्राउ पर्नेहरुमा २० वर्षिय खत्रीसहित २२ वर्षिय आशिष राई, २१ वर्षिय अनिवल रायमाझी लगायतका छन् ।

स्रोतका अनुसार जापानमा बसेर विभिन्न नामका समुह बनाई वितण्डा मच्चाउन उद्यत अन्य ग्रुपलाई पनि प्रहरीले ब्यापक खोजी गरिरहेको र छिट्टै कार्वाहीको दायरामा ल्याई स्वदेश फर्काउने तैयारी गरिरहेको बुझिएको छ ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार