लण्डनमा बृहत रक्तदान कार्यक्रम हुदै

मिलन शर्मा, बेलायत।

लण्डनको फ़ेल्थममा आऊदो मे २० मा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेप्लिज ब्लड डोनर्स यूके को आयोजना हुन लगेको उक्त कार्यक्रम ४०-६० नेपालीहरूको सहभागिता हुने बिश्वास गरिएको छ ।

भविष्यमा अन्य नेपाली संस्थाहरूसंग पनि सहकार्य गरेर अगाडी बढ्ने योजना रहेको संस्थाका संस्थापक अध्यक्ष एभरेष्ट गौतमले जानकारी दिएका छन् ।२००९ मा स्थापना भएको नेप्लिज ब्लड डोनर्सको यो दोश्रो बृहत रक्तदान कार्यक्रम हो ।

हन्स्लो बरो होनवोरथ पार्कका कन्सुलर बिष्णु गुरुङले कार्यक्रमको सफलताका लागि शुभकामान दिदै आफु सहभागिता हुने प्रतिबद्धता जनाएका छन् ।सो कार्यक्रममा सक्रिय सहभागिताका साथै रक्तदान गरी सहयोग गरिदिनहुन सरोकारवाला सबैमा नेप्लिज ब्लड डोनर्सले अपील गरेको छ।

२०१४ मा अमेरिकामा स्थापना भएको इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स संस्थाले बिश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई ब्लड डोनेशनमा प्रेरणा गर्छ र संगठित गर्दै आईरहेको छ। नेपालका सामाजिक संस्थाहरूसंग हतेमालो गर्दै स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आईरहेको छ। यस संस्थाका संस्थापक अध्यक्ष अर्जुन प्रसाद मैनालीले अहिलेसम्म १६६ पटक रक्तदान गरेका छन् भने बर्तमान अध्यक्ष अजय सत्यालले १६१ पटक रक्तदान गरिसकेका छन् ।

बिश्व रक्तदान दिवस मे १४ लाई लक्षित गरी नेप्लिज ब्लड डोनर्स यूकेले मे २० मा रक्तदान कार्यक्रम राखेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार