NRNA RCC अल्गार्भ पोर्चुगलको आयोजनामा फारोमा रक्त्तदान कार्यक्रम हुदै

गैर आबाशिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको आयोजनामा रक्त्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

फेब्रुअरी १९ तारिख मंगलवार पोर्चुगलको फारो अस्पतालको इमरजेन्सी वार्डमा आयोजना गरिएको उक्त कार्यक्रमलाई Loule sem fronteiras project ले सहयोग गर्ने भएको छ ।

विहान ८:३० बजे देखी शुरु हुने उक्त रक्तदान कार्यक्रममा उपस्थिति को लागि एनआरएनए आरसिसि अल्गार्भ पोर्चुगलका महासचिव निरन्जन सेढाईले एक विज्ञप्ती जारी गर्दै अनुरोध गरेका छन्।

विज्ञप्तीमा रक्तदान गर्न चाहनेहरुले २४ घण्टा अगाडीदेखी मदिरा सेवन नगर्न,२ घण्टा अघिदेखी धुम्रपान नगर्न, हल्का ब्रेकफास्ट गर्न तथा स्नान गरेर आउन भनिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार