‘क्याप्टेन’ मा प्रियंकाको बोल्ड अवतार, चम्केला त भाग्य ?

काठमाडौं ।

फिल्म ‘क्याप्टेन’मा प्रियंका एमभीले अभिनेत्रीको रुपमा डेब्यु गरेकी छन् । अनमोल केसी स्टारर् यस फिल्ममा उनलाई बोल्ड अवतारमा देख्न पाइनेछ ।

लामो खोजीपछि प्रियंका क्याप्टेनका लागि फिट भएकी निर्देशक दिवाकर भट्टराईले बताए । प्रियंकाले फिल्ममा आफ्नो भूमिकालाई सक्दो न्याय गरेकी बताएकी छन् । पहिलो फिल्म नै अनमोलसँग गर्न पाउँदा आफू भाग्यमानी भएको बताइन् ।

भन्छिन्, ‘एकदम राम्रो टिमसँग काम गर्ने मौका पाएकीमा निकै खुसी छु ।’ प्रियंका मोडल समेत भएकीले फोटोसुट गर्न सजिलो भएपनि क्यामेरा फेस गर्ने कुरा उनका लागि सजिलो थिएन ।

फिल्मबाट धेरै कुरा सिक्न पाएको उनले बताइन् । सुरुका दिनमा सुटिङ स्पटका गतिविधि सिक्न समय लागेपनि विस्तारै सबै सिक्दै गएको प्रियंकाको भनाइ छ । फिल्ममा काम गर्दैछु भनेर प्रियंकाले सुरुमा कसैलाई भनेकी रहिनछिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार