सगरमाथाको गहिराई नाप्न कवि नवराज पराजुली पोर्तुगल आउदै

लिस्बन, पोर्तुगल।

कवि नवराज पराजुली सगरमाथाको गहिराई नाप्न पोर्तुगल आउने भएका छन्। युरोप कबिता कन्सर्ट नाम दिईएको एक महिने लामो साहित्यिक यात्रामा निस्किएका कवि पराजुली युरोपको विभिन्न मुलुकहरुमा कविता कन्सर्ट गर्नेछन्।

समकालीन पुस्ताका साहित्य जगतमा नवराज पराजुली एक धारावाहिक कवि हुन्। कवि पराजुलीले यसअघि पनि सन् २०१८ मा बेलायत र २०१७ मा अस्ट्रेलियामा र देशभित्र पनि विभिन्न शहरहरुमा आफ्नो कविता कन्सर्ट गरिसकेका छन्। उनका कविता कन्सर्टहरु संसारभरिका नेपालीहरु बिच निकै लोकप्रिय छन् ।

कवि पराजुलीको कबिता संग्रह सगरमाथाको गहिराईलाई २०१७ मा पद्मश्री पुरस्कार प्रदान गरिएको थियो। सगरमाथाको गहिराई मदन पुरस्कारको लागि समेत छनौटमा परेको थियो। परदेश गएको छोराका लागि लेखिएको उनको कबिता ” हेब्बी बड्डे ” निकै लोकप्रिय छ।

पोर्तुगलको राजधानी लिस्बनमा हुने कविता कन्सर्टले यहाका नेपालीहरुलाई नौलो स्वाद दिने बिश्वास आयोजक मेला लिस्बोवाले गरेको छ।

आगामी मार्च १० तारिख दिनको ५:०० बजे शुरु हुने कन्सर्ट तीन घन्टा भन्दा लामो समय चल्नेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार