सिड्नी, अष्ट्रेलिया।

सिड्नीमा गत वर्ष बुपा एज केयरमा एक बृद्धमाथि हातपात गरेको आरोपमा पक्राउ परेर ८ महिनाको जेल सजाय तोकिएका प्रकाश पौडेललाई यहाँको न्यूसाउथवेल्स राज्यको अदालतले रिहा गर्न आदेश दिएको छ । उनी गत जनवरी २३ तारिख गरिएको अदालती फैसलाका आधारमा जेल चलान भएका थिए ।
प्रकाश पौडेलका वकिलहरुले उनी घटना हुनुअघि निकै डराएको अवस्थामा रहेको बताएका थिए । सिड्नी डिष्ट्रिक कोर्टका जज हेलेन सेम्सले प्रकाश पौडेलले जुन घटना गराए त्यसमा ठूलो पश्चातापमा रहेको पाएको बताएका थिए ।
पौडेलका वकिलहरुले घटनालाई अतिरञ्जित बनाउँदै प्रचार गरिएको आरोप लगाएका छन् । उनलाई अदालतले रिहा गर्न आदेश दिएपनि अनिवार्य रुपमा सात महिनासम्म विभिन्न सामूदायिक कार्य भने गर्नुपर्नेछ ।
















