गणेश पाण्डेय, लिस्बन पोर्तुगल।
NRNARCC अल्गार्भको आयोजनामा २४ फेब्रुवरी आइतवार सम्पन्न हुन गईरहेको प्रथम नेपाल महोत्सवमा एन आर एन ए पोर्तुगल केन्द्र मौन रहेको छ। आफ्नै मातहतमा रहेको समितिले नेपाल महोत्सव जस्तो गौरवको कार्यक्रम गर्दा पनि केन्द्रले न कुनै बिज्ञप्ति र शुभकामना सन्देश निकाल्यो , न शहभागीताको लागि आव्हान नै गरेको छ।

आफ्ना नजिकका आसेपासे र आफ्ना जात, धर्म, समुदाय, राजनीतिक आस्थाका नकिकका व्यक्तिहरु आफ्नै व्यक्तिगत कामले पोर्तुगल आउदा पनि सम्मान प्रकट गर्ने केन्द्रले आफ्नो आधिकारिक फेसबुक पेज वा अफिसियल पत्रद्वारा नेपाल महोत्सव जस्तो गरिमाको बिषयलाई चटक्कै बिर्सेको छ, सम्बोधन गर्न सकेको छैन, पुरै बेवास्ता गरेको छ। एन आर एन ए केन्द्रको यो भन्दा लज्जास्पद कार्य अरु केही हुनै सक्दैन, संघ र यसका पदाधिकारीहरु आफ्नो स्वार्थको बिषयमा मात्रै चासो राख्ने र आम जनसरोकारको बिषयलाई बेवास्ता गर्ने एक उदाहरण बनेको छ नेपाल महोत्सव अल्गार्भ ।
सधै मान सम्मान मात्रै खोज्ने र जनचासोको बिषय र जनभावनालाई बेवास्ता गर्ने समाजका स्टेकहोल्डरको एक टोली आज रमाईलो गर्न र भोलिको नेपाल महोत्सव अल्गार्भमा सहभागी हुन आज बेलुका सुटुक्कै त्यसतर्फ प्रस्थान गर्दैछ। संघका अन्य पदाधिकारीहरु र स्टेकहोल्डरहरुलाई गरिएको बेवास्ताको बिषयलाई लिएर संघ र विभिन्न सामाजिक संस्थाहरुभित्र ब्यापक बिबाद र कोकोहोलो मच्चिएको छ।
नेपाल महोत्सव अल्गार्भको बिषयमा केन्द्र मौन बस्नु र प्रचारप्रसारमा सक्रियता नदेखाउनुमा सर्वसाधारणले दुख व्यक्त गरेका छन्।
स्मरण रहोस् , गैर आवासिय नेपाली संघ पोर्तुगल राष्ट्रिय समन्वय समिति पोर्तुगलले गत बर्ष लिस्बनमा सम्पन्न गरेको प्रथम नेपाल महोत्सवमा सक्रिय सहभागिता र सहयोगका लागि अल्गार्भ क्षेत्रले एउटा निशुल्क सटल बसको व्यवस्था गरेको थियो, तर अल्गार्भ क्षेत्रमा हुने महोत्सवमा एन आर एन केन्द्र भने उदासिन देखिएको छ।
















