विप्लवनिकट नेकपामाथि लगाइएको प्रतिवन्ध तत्काल फिर्ता गर्न युरोपबाट नेपाल सरकारलाई दबाब !

बेल्जियम ।

नेत्रविक्रम चन्द विप्लवनिकट नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिवन्ध तत्काल फिर्ता गर्न युरोपबाट दवाब दिइएको छ । एक प्रेस विज्ञप्तिमार्फत युरोपमा रहेका विप्लवनिकटका ८ वटा संगठनहरुले प्रतिबन्धको कडा शब्दमा निन्दा गर्दै सरकारलाई चेतावनी दिएका छन् ।

नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष विष्णु भुजेल, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष मेख गुरुङ, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीका अध्यक्ष शेर बहादुर तुम्बापो, नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलका अध्यक्ष पूर्णबहादुर विश्वकर्मा, नेपाली जनप्रगतिशील मोर्चा, स्पेनका संयोजक ईश्वर शर्मा, नेपाली जनप्रगतिशील मोर्चा युरोपका महासचिव तथा नेपाली जनप्रगतिशील मोर्चा, पोल्याण्डका संयोजक डा. सुवर्णबाबु सापकोटा, नेपाली जनप्रगतिशील मोर्चा, बेलायतका संयोजक टिएन रिजाल र नेपाली जनजाति सरोकार मन्च, बेल्जियमका अध्यक्ष बदन योङ्गहाङ्गले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । विज्ञप्तिको पूर्णपाठ यस्तो रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी माथीको प्रतिबन्ध तत्काल फिर्ता गर ।

नेपाल कम्युनिष्ट पार्टी माथी वर्तमान नेपाल सरकारले गरेको प्रतिबन्ध लगाउने निर्णय प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएकोछ ।

राज्यले बिगत देखी नै नेपाल कम्युनिष्ट पार्टी र यसका नेता कार्यकर्ता बिरुद्ध गर्दै आएको नियोजित दमन सर्वविदितै थियो । त्यही दमनको पछिल्लो कडीको रुपमा अन्तत: नेपाल कम्युनिष्ट पार्टीलाई राजनीतिक रुपले प्रतिबन्ध लगाउदै वर्तमान नेपाल सरकारले आफ्नो वास्तबिक सामाजिक फासीबादी चरित्र उदाङो पारेको छ । कपिलवस्तु लगत्तै कालिकोट लगायत देशैभरी गरिएको प्रहरी सर्च अभियान र निर्दोष नागरिक माथी प्रहरीद्वारा भएको गोली प्रहारको घटनामा विगतको कुख्यात प्रहरी दमन “किलो सेरा टु” को प्रतिछायामा युद्धको घोषणा जस्तो देखिएकोछ ।

“सिउडो कम्युनिष्ट” नकावधारी वर्तमान नेपाल सरकारले जनअभिमत र जनअपेक्षा लत्याउदै नेपाल कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लगाएर राज्यको अर्बौ कर अपचलन गर्ने, कालोबजारी, बिदेशी भूमिमा पशुको मूल्यमा नेपाली दाजुभाई र दिदीबहिनी बिक्री गर्ने मानव तस्कर, सिन्डिकेट माफिया र अन्तरराष्ट्रीय शक्ती केन्द्रहरुको स्वार्थको पक्षमा वकालत गर्दै आफूलाई प्रतिकृयाबादी शक्तीको कित्तामा उभिएको स्वयमले प्रमाणित गरेकोछ । यसका साथै जनयुद्दको युगान्तकारी अभियान अनि जनविश्वासलाई कथित शान्ती सम्झौताको नाममा प्रतिकृयाबादी शक्ती सामू आत्मसमर्पण गरेर बादशाहको घोडा चढ्न हतारिदै वर्ग परिवर्तन गरेका प्रचन्डलगायतको समूह सरकारी प्रतिबन्धको मुख्य योजनाकारको भूमिकामा देखिनु अत्यन्तै दुर्भाग्यपूर्ण छ ।

हामी नेपाल सरकारद्वारा एकतर्फी युद्ध घोषणाको आभास हुने गरी गरिएको नेपाल कम्युनिष्ट पार्टी माथिको राजनीतिक प्रतिबन्ध तत्काल फिर्ता लिन जोडदार माग गर्दछौ । यसका साथै प्रहरी दमन बन्द गरी गिरफ्तार नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु तत्काल रिहा गर्दै स्वतन्त्र र खुला रुपमा सम्पूर्ण राजनीतिक अधिकारको गृहकार्य गर्न पाउने बातावरण बनाउन आग्रह पनि गर्दछौ ।

अन्यथा बिगतमा पनि प्रतिकृयाबादी शक्तीले गरेको राजनैतीक दमनका बिरुद्ध नेपाली जनताले न्यायपूर्ण आन्दोलनको उच्चतम अभिब्यक्तीका रुपमा बलिदानीपूर्ण रक्तिम जनयुद्द गरेको ईतिहास ताजै छ । त्यसैको आलोकमा राज्य दमनका बिरुद्ध जनताले न्यायपूर्ण प्रतिरोध आन्दोलन गर्दै बादशाहलाई घोडाबाट झार्ने छन् भन्ने विश्वाश हामीले लिएका छौ ।

१. विष्णु भुजेल, अध्यक्ष – नेपाली जनप्रगतिशील मोर्चा, यूरोप

२. मेख गुरुङ्ग, अध्यक्ष – नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम

३. शेर बहादुर तुम्बापो, अध्यक्ष – नेपाली जनप्रगतिशील मोर्चा, जर्मनी

४. पूर्ण बहादुर विश्वकर्मा, अध्यक्ष – नेपाली जनप्रगतिशील मोर्चा ,पोर्चुगल

५. इश्वर शर्मा, संयोजक – नेपाली जनप्रगतिशील मोर्चा,स्पेन

६. डा. सुवर्णबाबु सापकोटा, महासचिव – नेपाली जनप्रगतिशील मोर्चा युरोप तथा तथा संयोजक नेपाली जनप्रगतिशील मोर्चा,पोल्याण्ड

७. टिएन रिजाल, संयोजक – नेपाली जनप्रगतिशील मोर्चा, बेलायत

८. बदन योङ्गहाङ्ग, अध्यक्ष – नेपाली जनजाती सरोकार मन्च, बेल्जियम

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार