लण्डनमा पराजुलीको कविता कन्सर्ट बाट नेपालमा बिद्यालय बनाउन १७ लाख सहयोग संकलन

– शीतलपाटी , लण्डन ।

आइतबार लण्डनमा सम्पन्न कवि नवराज पराजुलीको कविता कन्सर्ट-२ बाट सिन्धुपाल्चोकको टेकनापुरस्थित कालिका माविमा २ कोठे भवन सहितको विद्युतीय पुस्तकालय बनाउन विद्यालयको लागि १७ लाख रूपैयाँ संकलन भएको समाचार छ। क्षेत्री समाज यूकेको आयोजनामा भयको सो कार्यक्रम चर्चित युवाकवि नवराज पराजुलीको प्रखर प्रस्तुति कार्यक्रमबाट उक्त रकम संकलन भएको कन्सर्टका संयोजक रामशरण सिम्खडाले जानकारी दिनु भयको छ ।

क्षत्री समाज युकेका अध्यक्ष राजन कुमार क्षेत्रीको अध्यक्षतामा भयको सो कार्यक्रममा प्रमुख अतिथि राजदूत डा दुर्गाबहादुर सुवेदीले आफ्नो छोटो मन्तव्यमै एक कविता सुनाउनु भयको थियो। आयोजक क्षत्री समाजबाट स्रष्टा प्रतिमा केसीले कविताबाटै स्वागत मन्तव्य दियकी थिइन। कार्यक्रममा आफ्नो डेढ घण्टा करिबको प्रस्तुतिका क्रममा कवि पराजुलीले डेढ दर्जन कविताहरु सुनाएका थिए । लण्डनको ह्यारो फुटबल क्लबमा आफ्नो डेढ घण्टाको प्रस्तुतिका क्रममा उनले डेढ दर्जन कविताहरु सुनाएका थिए ।

उनको चर्चित कविता हेप्पी बर्थडेदेखि लण्डन कन्सर्टमै पहिलोपटक वाचित प्रहरी कवितासम्मलाई दर्शकले खुबै मन पराए । एकल जीवन काटिरहेका वृद्धको कथा बोकेको रुख कवितादेखि बुवाप्रति समर्पित बुवा कवितासम्म सुन्ने धेरै श्रोताले पराजुलीका कवितामा आफ्नै भावनाहरु समेटिएको महसुस गरे।

कवि पराजुलीको कविता सुन्न बेलायतका विभिन्न शहरबाट करिब २ सय नेपालीहरु भेला भएका थिए भने हल खचाखच भयको थियो। कन्सर्टमा बेलायतमै बस्ने स्रष्टाहरु नृपेश उप्रेती, फडिन्द्र भट्टराई, रमेश कायस्थ र रेखा खरेलले समेत आफ्ना कविता र गजलको आकर्षक प्रस्तुति गरे ।

आयोजक क्षत्री समाज बेलायतका अध्यक्ष राजन क्षेत्रीले आसन, भाषण लगायतका औपचारिकताहरु बिना विशुद्ध कवितामय उक्त कार्यक्रमको सञ्चालन कन्सर्टका संयोजक रामशरण सिम्खडाले गरेको र गत वर्ष पनि कवि नवराज पराजुलीकै प्रस्तुति पहिलो कविता कन्सर्ट आयोजना भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार