सेफद्वारा बेजा जिल्लाको २१ ठाउँमा छापा, कहाँ के भयो ?

लिस्बन, पोर्तुगल।

पोर्तुगलको अध्यागमन प्रहरी सेफले बेजा जिल्लाको २१ ठाउँमा सर्च अप्रेशन गरेको छ। तिन दिनसम्म चलेको सो सर्च अप्रेशनमा पोर्तुगलमा गैर कानुनी रुपमा बसिरहेका ३ जना आप्रवासीलाई देश निकालाको आदेश दिएको छ।

बेजामा आप्रवासीहरुको गतिबिधिहरुको निगरानी गर्ने क्रममा सर्च अप्रेशन गरिएको सेफले जनाएको छ। सर्चका क्रममा २ व्यवसायिक प्रतिष्ठानहरुले पनि कानुनको उल्लघन गरिएको प्रमाणहरु पाईएकोले कारवाहीको प्रक्रिया अगाडी बढाईएको छ।

सर्च अप्रेशनको क्रममा ४० जना आप्रवासीहरुसँग सोधपुछ गरिएको सेफले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार