लिस्बन, पोर्तुगल।

पोर्तुगलमा जीएनआर सेनाका एक अधिकारीलाई जरिवानाबाट ५०४ युरो ९४ सेन्ट कमाएको आरोप लागेको छ। उनलाई ५ जना नागरिकहरुबाट ट्राफिक जरिवानावाफत संकलित सो रकम भ्रष्टचार गरेको बुझिएको छ।
डिस्ट्रिक एटोर्नि कार्यालय पोर्तोका अनुसार जीएनआरका ति सैनिक अधिकारीले नगदमा संकलित जरिवानाको सो रकम नगद गत बर्ष २०१८ मा जनवरी १५ देखि मार्च २६ को बिचमा कमाएको जनाएको छ।
भिला दो कोन्द एरियामा कार्यरत ति सैनिक अधिकारीलाई कारवाहीको प्रक्रिया अगाडी बढाईएको छ।
















